भारतबाट लिटरमै १२ रुपैयाँ बढेर आयो पेट्रोलको भाउ, नेपालमा नबढ्ने

काठमाडौं । भारतबाट पेट्रोलियम पद्धार्थको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै इण्डिन आयल कर्पोरेसन (आइओसी)ले पनि मूल्य बढाएर पठाएको हो ।

नेपाल आयल निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १२.४० रुपैयाँ र डिजेलको मूल्य ४.६८ रुपैयाँ बढेर आएको छ । आइओसीले प्रत्येक अंग्रेजी महिनाको १ र १५ तारिखमा निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँछ ।

मूल्य बढेर आए पनि भोटेकोशी बाढीका कारण सृजित अवस्थालाई मध्येनजर गर्दै हाललाई पुरानै बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १९७.५० रुपैयाँ, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १९७.५० रुपैयाँ, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

निगमले हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर २४९ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १६९७ अमेरिकी डलर तोकेको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २०६० रुपैयाँ तोकिएको छ ।


Back_to_top