नाडाद्धारा बाढी पीडितलाई राहत सामग्री वितरण

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले भोटेकोशी बाढी प्रभावितहरूलाई राहत सामग्री विवरण गरेको छ ।

नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणी पाठकको नेतृत्वमा गएको नाडा प्रतिनिधिहरूले जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई राहत सामाग्री हस्तान्त्रण गरेको हो ।

यसअघि नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रती लगायत टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ प्रदान गरेको थियो ।

नाडाले विगतदेखि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका विपत्तिहरूमा सक्दो आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको छ ।


Back_to_top