काठमाडौं । भेस्पा र अप्रिलियाका स्कुटर खरिद गर्दा १ लाख रुपैयाँसम्म नगद लाभ पाइने भएको छ ।
नेपालका लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले चाडपर्व लक्षित ‘दशैंको दक्षिणा’ नामक अफरमा यस्तो फाइदा पाइने भएको हो ।
कम्पनीका अनुसार यस अफर अन्तर्गत नगदमा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद लाभ प्राप्त गर्न सक्ने भएका हुन् ।
साथै, भेस्पा वा अप्रिलियाको स्कुटर खरिद गर्ने हरेक ग्राहकले अनर एक्स ५ प्ले स्मार्टवाच प्राप्त गर्नेछन् । त्यस्तै, आफ्नो पुरानो दुईपाँग्रे सवारी साधन एक्सचेन्ज गर्ने ग्राहकले २५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बेनिफिट पाउने कम्पनीले जनाएको छ ।
त्यसैगरी, कम्पनीले किस्ताबन्दीमा सुविधामा स्कुटर खरिद गर्ने ग्राहकले लागि शून्य प्रतिशत सर्भिस चार्जको सुविधा दिएको छ ।
डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयकुमार महतोले दशैंमा दक्षिणा दिने परम्परालाई ग्राहकको सम्बन्धसँग जोड्दै दशैंको दक्षिणा योजना ल्याएको बताए ।
‘दशैं हाम्रो संस्कार, परम्परा र आपसी सद्भावसँग जोडिएको विशेष पर्व हो। दशैंमा दक्षिणा दिने परम्परालाई ग्राहकसँगको हाम्रो सम्बन्धसँग जोड्दै दशैंको दक्षिणा योजना ल्याएका हौं। यस योजनामार्फत भेस्पा वा अप्रिलिया खरिद गर्ने ग्राहकलाई उनीहरूको खरिदमा थप मूल्य र लाभ प्रदान गर्ने हाम्रो उद्देश्य हो। ग्राहकले नगद, एक्सचेन्ज वा फाइनान्समध्ये आफ्नो आवश्यकता र सुविधाअनुसार विकल्प छनोट गर्न सक्ने गरी योजना तयार गरिएको छ,’ उनले भने ।
‘दशैंको दक्षिणा’ योजनामा भेस्पा तथा अप्रिलियाका विभिन्न मोडलहरू समावेश छन्। ग्राहकहरूले डेल्टा अटोकर्पको आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध मोडल, योजना तथा लागू हुने लाभबारे विस्तृत जानकारी लिन सक्नेछन्।
यो योजना दशैंको अवसरमा सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ ।

