काठमाडौं । सन् २०२७ को ‘वर्ल्ड कार अफ द इयर’को दौड सुरू भएको छ । वर्ल्ड कार अवार्डले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा विश्वका प्रमुख अटोमोबाइल ब्राण्डका ५६ मोडल ‘वर्ल्ड कार अफ द इयर’को दौडमा देखिए ।
यस पटक सार्वजनिक भएको सूचीमा ६५ कार मोडल मध्ये झण्डै आधा २७ मोडल चिनियाँ ब्राण्डले उत्पादन गरेका छन् । ती मध्ये केही मोडल नेपालमा पनि बिक्री हुँदै आएका छन् ।
वर्ल्ड कार अवार्डस्ले छानेको ६५ कारको सूचीमा चिनियाँ ब्राण्ड चांगान, चेरी, बीवाईडी, दीपल, एक्सिड, जीएसी, जिली, जेटोर, लीपमोटर, लेपास, लिंक एन्ड को, ओनभो, एक्सपेङ र जिकरलगायतका ब्राण्डले उत्पादन गरेका मोडल छन् । अर्को चिनियाँ स्वामित्वमा रहेको एमजीको एमजी-४ पनि अर्बन कार अफ द इयरको सूचीमा समेटिएको छ ।
नेपाल अहिले बिक्री भइरहेको चांगान नेभो क्यू-०५ र चेरी क्यू मोडल पनि ‘वर्ल्ड कार अफ द इयर’को प्रारम्भिक सूचीमा अटाएका छन् ।
करिब ३३ लाख मूल्य रहेको चेरी क्यू र ५० लाख रुपैयाँ मूल्यको नेभो क्यू-०५लाई अन्तर्राष्ट्रिय अवार्डको प्रतिस्पर्धामा समेत प्रस्तुत गरेको छ ।
यी दुईका अलावा दिपल एस-०५ र एस-०७, आयोन भी, आइकार भी-२३, भर्खरै नेपाल प्रवेश गरेको जेटोर टी-२, लीपमोटरको बी-१०, सी-१० र टी-०३ तथा एक्सपेङ जी-६ पनि अवार्ड जित्ने दौडमा सामेल छन् । जिली इएक्स २ मोडल भने नेपालमा प्रोटोन इमास-५ नामबाट बिक्री हुँदै आएको छ ।
‘वर्ल्ड कार अफ द इयर’का लागि योग्य हुन सवारीसाधनको वार्षिक उत्पादन कम्तीमा १० हजार युनिट हुनुपर्ने, प्रमुख बजारमा लक्जरी कारको श्रेणीभन्दा कम मूल्यमा बिक्री हुने तथा कम्तीमा दुई महादेशका दुई प्रमुख बजारमा बिक्रीमा रहेको हुनुपर्ने मापदण्ड छ ।
यी हुन् वर्ल्ड कार अफ द इयरका ५६ उम्मेदवार
बिएमडब्लू आई-३, ब्यूइक इलेक्ट्रा ई-७, बीवाइडी टीआई-७, चांगान नेभो क्यू-०५, चेरी क्यू, शेभ्रोलेट एभियो, शेभ्रोलेट क्याप्टिभा ईभी/पीएचईभी, कपरा राभल, दिपल एस-०५, दिपल एस-०७, डीएस नम्बर-७ छन् ।
त्यसैगरी एक्सिड एक्सलान्टिक्स ईटी, एक्सिड आरएक्स, जीएसी आयोन यूटी, जीएसी आयोन भी, जिली ईएक्स२, जिली स्टाररे ईएम-आई, हुन्डाई बायोन, हुन्डाई आयोनिक ३, हुन्डाई टुसान, आइकार भी२३ पनि वर्ल्ड कार अवार्डको लागि छानिएका मोडल हुन् ।
इन्फिनिटी क्यूएक्स-६५, जेटोर जी-७००, जेटोर टी-२, किया ईभी-२, किया सेल्टोस, किया साइरोस ईभी, किया टेलुराइड, लीपमोटर बी-१०, लीपमोटर सी-१०, लीपमोटर टी-०३ ले पनि ५६ मोडल भित्र आफुलाई सुरक्षीत राखेको छ ।
लेपास एल-६ ईभी, लेपास एल-८ पीएचईभी, लेक्सस ईएस, लिंकन कोर्सेयर, लिंक एन्ड कम्पनी ९००, माज्दा सीएक्स-५, माज्दा सीएक्स-६ई/ईजेड-६०, मर्सिडिज बेन्ज इलेक्ट्रीक सी-क्लास, मर्सिडिज बेन्ज इलेक्ट्रीक जीएलसी, मर्सिडिज बेन्ज जीएलए, एमजी-४ ईभी अर्बन, निसान फ्रन्टियर प्रो, निसान एनएक्स-८ ले अवार्ड दौडमा ५६ भित्र पर्न सफल भएका हुन् ।
त्यसैगरी ओमोडा-४, ओनभो एल-९०, पोलस्टार-४ एसयूभी, रेनो फिलान्टे, सुबारु ट्रेलसीकर, सुबारु अनचार्टेड, फक्सवागन एटलस/टेरामोन्ट प्रो, भोल्भो ईएक्स-६०, एक्सपेङ जी-६ २०२६ एडिसन, एक्सपेङ एल-०३, एक्सपेङ पी७ प्लस र जिकर-८ एक्स मोडल उत्कृष्ट ५६ भित्र पर्न सफल भएका छन् ।
वर्ल्ड अर्बन कारमा छानिए ११ मोडल
‘वर्ल्ड अर्बन कार’का लागि चेरी क्यू, कपरा राभल, एक्सिड एक्सलान्टिक्स ईटी, जिली ईएक्स-२, हुन्डाई बायोन, हुन्डाई आयोनिक-३, आइकार भी-२३, किया ईभी-२, किया साइरोस ईभी, लीपमोटर टी-०३ र मर्सिडिज-बेन्ज जीएलए प्रारम्भिक सूचीमा अटाएका छन् ।
‘वर्ल्ड लक्जरी कार’ र ‘वर्ल्ड पर्फर्मेन्स कार’का उम्मेदवार पनि सार्वजनिक भइसकेका छन् । यी मध्ये विजेताको नाम २०२७ मार्च २४ मा न्यूयोर्क इन्टरनेसनल अटो शोमा घोषणा हुनेछ ।

