काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी महिन्द्राले एक महिनामै ६४ हजार युनिट बढी एसयूभी बिक्री गरेको छ ।
कम्पनीले सन् २०२६ को सेम्टेम्बर महिनामा मात्रै ६४ हजार ९२ युनिट एसयूभी बेचेको हो । यो सन् २०२५ सेम्टेम्बरको तुलनामा १३.९८ प्रतिशत अर्थात् ७ हजार ८५९ युनिट धेरै हो । कम्पनीले गत वर्ष सेम्टेम्बर ५६ हजार २३३ युनिट एसयूभी बिक्री गरेको थियो ।
कम्पनीले सन् २०२६ को तेस्रो त्रैमास (जुलाई-सेप्टेम्बर)मा प्यासेन्जर कार बिक्रीमा उल्लेख्य सुधार आएको छ । कम्पनीले पछिल्लो ३ महिनामा मात्रै १ लाख ८३ हजार ३९७ युनिट प्यासेन्जर कार बेचेको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा २६.०४ प्रतिशत धेरै हो । कम्पनीले गत वर्ष सोही अवधिमा १ लाख ४५ हजार ५०३ युनिट एसयूभी बेचेको थियो ।
महिन्द्राले बजारमा ल्याएका नयाँ एसयूभी ग्राहकले मन पराउँदा बिक्रीमा सुधार आएको हो । महिन्द्राको थार, स्कर्पियो एन, बोलेरो, एसयूभी थ्रीएक्सओ, एक्सयूभी सेभेन एक्सओ चर्चित छन् । त्यस्तै, विद्युतीतर्फ महिन्द्रा एक्सईभी ९ ई, बीई सिक्स, एक्सईभी नाइन एसले राम्रो बजार पाइरहेका छन् ।
नेपालमा पनि महिन्द्राको स्कर्पियो, बोलेरो लगायतका मोडल चर्चित छन् । आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट तीन वटै ईभी मोडल उपलब्ध गराएको छ ।
महिन्द्राको सेम्टेम्बर कमर्शियल सवारी बिक्रीमा पनि ठूलो वृद्धि देखिएको छ । कम्पनीको तीनपाँग्रे सवारी बिक्री ५३ प्रतिशतले बढेर १६ हजार ३४३ युनिट पुगेको छ । गत वर्ष सेम्टेम्बर जम्मा १३ हजार १७ युनिट तीनपाँँग्रे सवारी बेचेको थियो ।
त्यस्तै, महिन्द्राको लाइट कमर्शियल भेहिकल २ टनभन्दा तलको बिक्री ३० र २ टन माथिको १८ प्रतिशतले बढेको छ । कम्पनीले सेम्टेम्बर कुल ३० हजार ४२० युनिट चारपाँग्रे कमर्शियल बिक्री गरेका हो ।

