काठमाडौं । टाटा मोटर्सले १ महिनामै १५ हजार युनिट बढी विद्युतीय कार (ईभी) बिक्री गरेको छ ।
कम्पनीले सन् २०२६ को सेप्टेम्बरमा १५ हजार ३८४ युनिट ईभी बिक्री गरेको हो । टाटाले सेम्टेम्बरमा ईभी बिक्रीमा नयाँ रेकर्ड बनाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ६७.३८ प्रतिशत धेरै हो । टाटाले गत वर्ष सेप्टेम्बरमा ९ हजार १९१ युनिट ईभी बिक्री गरेको थियो ।
टाटाले लगातार तेस्रो महिना १५ हजार युनिट बढी ईभी बिक्रीको रेकर्ड बनाएको छ । कम्पनीले अगस्टमा इतिहासकै धेरै १६ हजार ५४९ युनिट ईभी बेचेको छ ।
टाटाले एकपछि अर्को नयाँ मोडल ल्याएसँगै बिक्रीमा उल्लेख्य वृद्धि भएको हो । टाटाले जनवरीमा पन्च ईभी फेसलिफ्ट, जुनमा सियरा ईभी, अगस्टमा टिगायो ईभी फेसलिफ्ट र सेप्टेम्बरमा एरिस ईभी बजारमा ल्याएको थियो । यी बाहेक टाटाका टिगोर, नेक्सन, कर्भ, ह्यारियर ईभी उपलब्ध छन् । नेपालमा पनि टाटाका ह्यारियर बाहेक अरु सबै ईभी लउपलब्ध छन् ।
कम्पनीले सन् २०२६ को सेम्टेम्बरमा कुल ७० हजार २१० युनिट प्यासेन्जर कार बिक्री गरेको हो । यो गत वर्ष सोही अवधिको तुलनामा १५.२७ प्रतिशत धेरै हो । गत वर्ष ६० हजार ९०७ युनिट बिक्री गरेको थियो ।
सेम्टेम्बरमा टाटाको व्यापार घरेलु र अन्तर्राष्ट्रिय दुवै बजारमा बढेको हो । टाटाले सेम्टेम्बर भारतमा मात्रै ६८ हजार ११० युनिट कार बेचेको छ । यो गत वर्षको तुलनामा १४.१५ प्रतिशत धेरै हो । गत वर्ष सेम्टेम्बर ५९ हजाार ६६७ युनिट कार बेचेको थियो ।
त्यस्तै, निर्यात १२.९० युनिट बढेर १४०० युनिट पुगेको छ । गत वर्ष सेम्टेम्बर १२४० युनिट कार विदेश पठाएको थियो ।

