याडियाका स्कुटर किन्दा १० हजार छुट पाइने

काठमाडौं । याडियाले चाडपर्व लक्षित विशेष छुट योजना सार्वजनिक गरेको छ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले ‘दशैँ-तिहारको बहार याडियामा बचत १० हजार’ नामक अफर ल्याएको हो ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत याडियाका नयाँ स्कुटर खरिद गर्दा ग्राहकले १० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउनेछन् । साथै, ग्राहकले शून्य प्रतिशत ब्याजदरमै फाइनान्स सुविधा र आकर्षक एक्सचेन्ज बोनस समेत पाउने छन् ।

यो अफर याडियाको जीटी८०, जीटी७०, भेलक्स, जीएस७० लगायतका मोडलमा लागू हुने छ ।

नेपाली बजारमा याडिया जीटी८० को मूल्य ३ लाख ३९ हजार रुपैयाँ, जीटी७० को ३ लाख ७० हजार रुपैयाँ, भेलक्सको २ लाख ९० हजार रुपैयाँ र जीएस७० को २ लाख ३५ हजार रुपैयाँ रहेको छ । ग्राहकले उक्त मूल्यमा १० हजार रुपैयाँ छुट पाउने छन् ।


Back_to_top