हुन्डाई टुसानको बिक्री १ करोड नाघ्यो, आयो पाँचौं जेनेरेसन

काठमाडौं । हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी टुसानले विश्वव्यापी बिक्रीमा नयाँ कीर्तिमान बनाएको छ । सन् २०२६ अगस्टसम्मबाट विश्व बजारमा आएको टुसान अहिलेसम्म १ करोड ६ लाख १६ हजार १०२ युनिट बिक्री भएको हो ।

त्यसमा चीनको लागि छुट्टै उत्पादन हुने ‘आईएक्स ३५’लाई समेत जोड्दा कुल बिक्री १ करोड ११ लाख ७० हजार १५१ युनिट पुगेको कम्पनीले जनाएको छ ।

उक्त बिक्रीसँगै टुसान हुन्डाईको इतिहासमा १ करोडभन्दा बढी बिक्री हुने तेस्रो मोडल बनेको छ । यसअघि एभान्टे (एलान्ट्रा) र एक्सेन्टले यो उपलब्धि हासिल गरेका थिए । साथै, १ करोड युनिट बिक्री पार गर्ने पहिलो कोरियाली एसयूभी पनि टुसान बनेको छ ।

सन् २००४ मा पहिलो पटक आएको टुसान नेपालमा पनि निकै सफल मोडल हो । तर, पछिल्ला वर्षहरूमा नेपालमा यसको बिक्री खासै हुन सकेको छैन ।

विश्वबजारमा भने सन् २०२१ देखि २०२५ सम्म पाँच वर्ष लगातार यो हुन्डाईको विश्वकै सर्वाधिक बिक्री हुने मोडल बनेको थियो । यस अवधिमा वार्षिक बिक्री ५ लाख ६० हजारदेखि ६ लाख ९० हजार युनिटसम्म टुसान बिक्री भएको देखिन्छ ।

यसैबीच, हुन्डाईले हिजो अक्टोबर १ मा अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्यान्ड सिटीमा पाँचौं जेनेरेशन टुसान सार्वजनिक गरेको छ । अघिल्लो पुस्ताभन्दा थप बक्सी डिजाइन, ठूलो आकार, फराकिलो केबिन र नयाँ कनेक्टिभिटीसहित टुसान बजारमा आएको हो ।


Back_to_top