होण्डाको दशैं अफर अन्तर्गत सातै प्रदेशबाट विजेता घोषणा

काठमाडौं । होण्डाले दशैंको अवसरमा ल्याएको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत सातै प्रदेशबाट ३ साताको विजेता घोषणा गरिएको छ ।

होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले आफ्नो पूर्वघोषित योजना अन्तर्गत विजेताहरु छनोट गरेको हो ।

यस योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत ७ वटै प्रदेशबाट हरेक हप्ता १र१ जना विजेता छनोट गरी १ लाख रुपैयाँसम्म जित्ने अवसर प्रदान गरिएको छ। यस योजनाको सबैभन्दा उत्कृष्ट पक्ष भनेको विजेताहरुले जति रकम प्राप्त गर्छन्, होण्डा नेपालले सोही बराबरको थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणा गरेको थियो।

यसै योजना अन्तर्गत लक्की ड्र मार्फत सातै प्रदेशबाट पहिलो ३ हप्ताको विजेताहरु छनोट गरि कम्पनीले सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार पहिलो हप्ताका विजेताहरूमा प्रदेश १ बाट रामचन्द्र न्यौपानेले १० हजार, प्रदेश २ बाट अफजल मियाँले १ लाख, प्रदेश ३ बाट गोकुलप्रसाद ओलीले १० हजार, प्रदेश ४ बाट विज्ञान लामाले १० हजार, प्रदेश ५ बाट कृष्णबहादुर खड्काले १० हजार, प्रदेश ६ बाट पदमबहादुर शाही ५० हजार र प्रदेश ७ बाट आदर्श कन्स्ट्रक्सनका मदन यादवले १० हजार रुपैयाँ जितेका छन् ।

त्यस्तै, दोस्रो हप्ताका विजेताहरूमा प्रदेश १ बाट विकासकुमार यादव १० हजार, प्रदेश २ बाट सुन लामाले १० हजार, प्रदेश ३ बाट राजु महर्जनले २५ हजार, प्रदेश ४ बाट बलराम थापाले ५० हजार, प्रदेश ५ बाट पुष्पा थारुले १० हजार, प्रदेश ६ बाट मानसिंह दाहालले १ लाख र प्रदेश ७ बाट विनिता पाठकले १० हजार जितेका हुन् ।

त्यसैगरी, तेस्रो हप्तामा प्रदेश १ बाट आशिष राईले ५० हजार, प्रदेश २ बाट सुशीलकुमार श्रीवास्तवले १० हजार, प्रदेश ३ बाट दिशान्त विष्टले १० हजार, प्रदेश ४ बाट मनोज घिमिरेले १० हजार, प्रदेश ५ बाट दामोरबहादुर बुढाथोकीले १० हजार, प्रदेश ६ बाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टरले १० हजार र प्रदेश ७ बाट जुजेस्टर राणाले १० हजार जितेका छन् ।

कम्पनीले सम्पूर्ण विजेताहरुलाई उनीहरुले जितेको रकम हस्तान्तरण गर्नुका साथै आफ्नो ‘सहयोगको संकल्प’ अनुरुप सोही बराबरको थप रकम पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।

यसैबीच, ग्राहकहरूको अभूतपूर्व उत्साह र मायालाई ध्यानमा राख्दै कम्पनीले यो योजना आगामी मंसिर १४ गते (३० नोभेम्बर) सम्मका लागि थप गरिएको जानकारी दिएको छ। यसबाट अझ धेरै ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन्।


Back_to_top