महिन्द्रा बोलेरोले पायो बीएस-६ इन्जिन, यस्तो छ विशेषता

महिन्द्राको बोलेरो पावर प्लस भेरियन्ट बीएस–६ इन्जिनमा आउने भएको छ । बोलेरोले बीएस–६ सर्टिफिकेट पाएको कम्पनीले जनाएको छ । बीएस–६ इन्जिनयुक्त बोलेरो २०२० को सुरुवातमै भारतीय बजारमा सार्वजनिक हुनेछ । 

भारतले २०२० अप्रिलदेखि सबै सवारीमा बीएस–६ प्रदूषण मापदण्ड अनिवार्य गर्दै छ । महिन्द्राले बोलेरोका साथै अन्य मोडलका सवारी पनि बीएस–६ मापदण्ड अनुसार स्तरोन्नती गरिरहेको जनाएको छ । 

केही महिना अघि महिन्द्राले बोलेरोलाई एबीएस, स्ट्यान्डर्ड एयरब्याग, हाइस्पीड अलर्ट, रिभर्स पार्किङ सेन्सरलगायत विशेषता सहित अपग्रेड गरेको थियो । बीएस–६ स्ट्यान्डर्डमा आउने बोलेरोमा समेत केही विशेषता थप भएर आउने अनुमान गरिएको छ । 

मल्टियुटिलिटी भेइकल (एमपीभी) सेगमेन्टको बोलेरो नेपाली बजारमा समेत निक्कै लोकप्रिय रहेको छ । महिन्द्राको बोलेरो र स्कर्पियो नेपाली बजारमा अफ रोड र सहरी बाटोमा यात्रा गर्नेले धेरै रुचाउने गरेका छन् । 


Back_to_top