होन्डा एक्टिभा एकै महिना सवा २ लाख बिक्री हुँदा अन्य कति बिके

स्कुटरको माग तथा बिक्री बढ्दै गइरहेको छ । सहरी क्षेत्रमा सहज यात्रा गर्ने साधनको रुपमा रहेकाले स्कुटरको बिक्री बढ्दै गइरहेको छ । भारतीय बजारमा एकै महिना २ लाख ३६ हजार ७ सय ३९ वटा होन्डा एक्टिभा बिक्री भएको छ । २०१९ को जुनमा होन्डा एक्टिभा उक्त संख्यामा बिक्री भएको हो । 

दोस्रो स्थानमा रहेको टीभीएस जुपिटर जुनमा ५६ हजार २ सय ५४ वटा बिक्री भएको छ । पहिलो स्थानमा रहेको एक्टिभा र टीभीएस जुपिटरबीचको अन्तर भने निक्कै ठूलो रहेको छ । तेस्रो धेरै बिक्री हुने स्कुटरमा सुजुकी एसेस रहेको छ । यो स्कुटर २०११९ को जुनमा ४९ हजार ३ सय ६६ वटा बिक्री भएको तथ्यांक छ । 

त्यस्तै चौथो स्थानमा होन्डा डियो रहेको छ । डियो ४३ हजार ७ सय ४९ वटा बिक्री हुँदा पाँचौ स्थानमा टीभीएस एनटर्क रहेको छ । यो स्कुटर जुनमा २१ हजार ७ सय ३८ वटा बिक्री भएको हो । 

छैटौं स्थानको यामाहा फसिनो १५ हजार ५ सय १९, सातौं स्थानको हिरो डेस्टिनी ११ हजार २ सय ९२, आठौं स्थानको यामाहा रे १० हजार ६ सय ९६, नवौं स्थानको टीभीएस पेप प्लस १० हजार ६ सय ३१ र दशौं स्थानको होन्डा ग्राजिया १० हजार ३ सय ८८ वटा बिक्री भएको तथ्यांक छ । 


Back_to_top