ट्राफिक प्रहरीद्वारा डेढ करोड बराबरको हराएको सामान फिर्ता

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले करिब १ करोड ४८ लाख ६० हजार रुपैयाँ बराबरको हराएको सामान सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ । महाशाखाले चालू आर्थिक वर्षको फागुन १६ गतेसम्ममा उक्त रकम बराबरको सामान फिर्ता गरेको हो ।

महाशाखाले सोमबार पत्रकार सम्मेलन गरी यात्राका दौरान सवारीसाधनमा सामान हराएर/छुटेर महाशाखामा निवेदन दिएका सम्बन्धित सामानधनी उक्त रकम बराबरको सामान फिर्ता गरिएको जानकारी गराएको हो । फिर्ता गरिएको सामार्नेमध्ये २४ लाख ८९ हजार ९ सय ७२ रुपैयाँ बराबरको सामान ट्याक्सी चालक आफैले फिर्ता गर्न आएको ट्राफिक महाशाखाले जानकारी दिएको छ ।

प्रत्रकार सम्मेलनमा हराएका सामान आफैं फिर्ता गर्न आउने २१ जना ट्याक्सी चालकहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिमप्रसाद ढकालले सम्मान समेत   गरेका थिए ।

चालू आर्थिक वर्षको फागुन १६ गते सम्ममा ३ सय ९५ जनाले ट्याक्सीमा सामान छुटेको निवेदन दिएका हुन् । ३ सय ९५ निवेदन परेका मध्य २ सय ८० जना व्यक्तिहरुको सामान फेला पारेर फिर्ता दिएको छ । ६३ वटा सामान छुटेका सवारी फेला परेका हुन् । ५२ वटा सामान छुटेका ट्याक्सी अझै फेला पर्न नसकेको नसकेको मशाशाखाले जनाएको छ ।

फिर्ता गरिएका सामानहरुमा २ लाख ५० हजार नगद, १३ तोला सुनका गहना, विभिन्न कम्पनीहरुको ल्यापटप, क्यामेरा, मोबाईल फोन, घडि, आइफोन, सनका गरगहना, नगद रुपैयाँ, महत्वपूर्ण कागजपत्रहरु, सामानसहितको ब्याग, लगेज लगायतका सामानहरु रहेका छन् ।
महाशाखाको अनुसार १८ जना विदेशी नागरीकको सामान फेला पारी उनीहरुलाई जिम्मा लागाइएको छ ।


Back_to_top