नेपालगञ्ज । मध्य तथा सुदुर पस्चिम नेपालमा यातायात (अटोमोबाईल)का साधन तथा पाटपुर्जा बिक्रिवितरण गर्ने व्यावसायिहरुको साझा संस्था ‘मध्य तथा सुदुर पस्चिम अटो मोबाईल्स एशोसिएसन, नेपाल’ को स्थापना भएको छ ।
अटोमोबाईलसङ सम्बन्ध राख्ने विभिन्न कम्पनिहरु तथा व्यावसायिहरुको हकहित एवं व्यावासायलाई संरक्षण र प्रबंधन गर्ने मुख्य उद्देश्यका साथ यो एशोसियसन खोलिएको एशोसियसनले बताएको छ ।
राज्यमा ढुवानी तथा सवारी साधनहरुको समुचित विकास र विस्तारका लागि आवश्यक पर्ने सम्पुर्ण पार्टपुर्जा, उपकरण, अटोमोटिभ इन्जिन र अटोमोबाईलमा प्रयोग हुने सबै प्रकारका वस्तुहरु जस्तै ब्याट्रि, टायर, लुब्रिकेन्टस तथा अटोमोबाइल साफ्टवेयरको आयात एव उत्पादन सम्बन्धि व्यावसायिक विकास, दक्षता एवं राज्यप्रतिको दायित्वलाई आत्मासाथ गर्दै राष्ट्रिय अर्थतन्त्रमा यथोचित योगदान पुर्याउने प्रमुख उद्देश्य रहेको सस्थाले जनाएको छ। मध्य, पस्चिम र सुदुर पस्चिम नेपालको समेत अटोमोबाइलको हब भएको यस क्षेत्र (नेपालगंज)ले पुर्व भालुवाङ देखि घोराही, तुल्सिपुर, सुर्खेत, जुम्ला, धनगढि र महेन्द्रनगर लगाएतका अटोमोबाइल व्यासायिहरुको एकमुस्ट आवाज बन्न सक्ने संस्थाको विस्वास लिएको जनाइको छ।
एशोसिएसनले विशुद्ध व्यासायिक वातावरणको निर्माण गर्नुको सङसंगै अटोमोबाइलसंग सम्बन्धित विभिन्न प्रकारका तालिम, गोष्टि, सेमिनार तथा अटोप्रदशनिको काम गर्ने छ। साथै सरकारि तथा गैरसरकारी संघ(संस्थाहरुसंग आवश्यक सहकार्य एंव समन्वय गरि अटोमोबाइल मर्मत तथा सर्भिसबाट निस्कने फोहर(मैलाको उचित व्यवस्थापन र प्रबधन गर्ने कुरामा पनि यस एशोसिएसनले महत्वपुर्ण भुमिका निभाउने उल्लेख गरेको छ। बिभिन्न अटोमोबाइल तथा अटोसर्भिस (वर्कसप) सेन्टरमा काम गर्ने र न्युन आए भएका मजुदर तथा हेल्परका लागि बिमा, सुरक्षा भत्ता लगाएतका कार्यक्रमहरु केहि दिनमै लागु गर्नेसमेत जनाएको छ। त्यस्तै अटोमोबाईल क्षेत्रसंग प्रत्यक्ष सम्बन्ध राख्ने बिभिन्न बैकं, बिमा कम्पनिहरु तथा यातायात व्यवस्था विभागसंग हातमा हात मिलाएर सहकार्य गरि सम्पुर्ण अटो उधोगलाई नै व्यावसायिक र मर्यादित बनाउने समेत प्रतिवद्धता जनाएको छ ।

