काठमाडौं । बेनेलीका मोटरसाइकल तथा स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म नगद छुट पाइने भएको छ ।
बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर यस्तो अफर ल्याएको हो ।
कम्पनीका अनुसार क्रिसमस एण्ड नयाँ वर्ष एक्सचेन्ज अफर अन्तर्गत ग्राहकले बेनेलीको मोटरसाइकल र स्कुटरको खरिदमा १ लाख सम्मको नगद रकम छुट पाउने भएका हुन् ।
त्यस्तै, यस अफर अन्तर्गत ग्राहकले कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल र स्कुटर एक्सचेन्जमा न्यूनतम ५० हजार रुपैयाँ मूल्यांकन गर्ने भएको छ ।
कम्पनीले बेनेलीको मोटरसाइकल र स्कुटर खरिद गर्न चाहने ग्राहकको सुविधालाई मध्येनजर गर्दै शून्य प्रतिशत ब्याजमा फाइनानस सुविधा उपलब्ध गराउने भएको छ ।
या अफर बेनेलीको नेपालभरका आधिकारिक शोरुमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

