यामाहा एफजेड एफआई भी ४ सार्वजनिक, ६ मोडलमा ट्रयाक्सन कन्ट्रोल

काठमाडौं । यामाहा इन्डियाले ६ मोडलका मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले एकैपटक एउटा नयाँ मोडलका साथै पुराना ५  मोडलको २०२३ भर्सन सार्वजनिक गरेको हो ।

कम्पनीले यामाहाको सर्वाधिक विक्री हुने मोटरसाइकल एफजेडको एफजेडए एफआई भी ४ सार्वजनिक गरेको हो । त्यस्तै, कम्पनीले एफजेड एक्स, एमटी १५ भी २ र आर १५ एम, आर १५ भी ४, एफजेड एफआई भी ३ को २०२३ मोडल सार्वजनिक गरेको हो ।

कम्पनीले नयाँ सार्वजनिक गरेको एफजेड एफआई भी मोटरसाइकलको मूल्य १ लाख २७ हजार ४०० भारतीय रुपैयाँ निर्धारण गरेको छ ।

त्यस्तै, एफजेड एफआई भी ३ को नयाँ मूल्य १ लाख १५ हजार २००, एफजेड एक्सको १ लाख ३५ हजार ९००, एमटी १५ भी २ को १ लाख ६८ हजार ४००, आर १५ भी ४ को १ लाख ८० हजार ९०० र आर १५ एमको १ लाख ९३ हजार ९०० भारतीय रुपैयाँ मूल्य तोकेको छ ।

माथि उल्लेखित सबै मूल्य २०२३ मोडलका मोटरसाइकलको हो भने सबै मूल्य एक्स शोरुम दिल्ली रहेको छ । यामाहाले सार्वजनिक गरेको सबै मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोल र सबै मोडलका एलईडी इन्डिकेटर उपलब्ध छ ।

कम्पनीले एफजेड एफआई भी ४ मा नयाँ डिजाइन हेडल्याम्प दिएको छ भने एमटी १५ भी २ मा डबल च्यानल एबीएस फिचर दिएको छ । त्यस्तै, यामाहा एफजेड एक्समा गोल्डेन कलर अलोय ह्वील प्रयोग गरेको छ ।

यस बाहेक कम्पनीले यामाहा आर १५ सिरिजमा भने टीएफटी डिस्प्लेका साथै स्मार्ट कनेक्ट फिचर र ल्याप टाइमर फिचर दिएको छ ।


Back_to_top