नेपाल आयो जिली ईएक्स फाइभको २०२६ मोडल, थपिए यी फिचर

काठमाडौं । नेपालमा जिलीको ईएक्स फाइभ २०२६ मोडलको सार्वजनिक भएको छ ।

नेपालका लागि जिलीको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ईएक्स फाइभको नयाँ भेरियन्ट बिक्री सुरु गरेको हो ।

नेपालमा अधिकांश अटोमोबाइल आयातकर्ताहरूले नयाँ मोडलका सवारीसाधनहरू प्रायः वर्षको मध्यतिर सार्वजनिक गर्ने प्रचलन रहेको छ । एलआरआर मोटर्सले भने वर्षको सुरुमै नयाँ मोडल ल्याएको हो ।

सामान्य बजार समय तालिकाभन्दा निकै अगावै नयाँ मोडलको उपस्थितिलाई कम्पनीले उल्लेखनीय उपलब्धि बताएको छ ।

२०२६ मोडलको जिली ईएक्स फाइभमा इनबिल्ट एप्पल कारप्ले तथा एण्ड्रोइड अटो कनेक्टिभिटी प्रदान गरिएको छ । जसले स्मार्टफोनसँगको सहज एकीकरणमार्फत समग्र ड्राइभिङ अनुभवलाई अझ सशक्त बनाएको छ ।

यस प्रणालीमार्फत चालकहरूले सुरक्षित र सहज रूपमा नेभिगेसन, कल, सन्देश तथा मनोरञ्जन सुविधाहरू प्रयोग गर्न सक्नेछन् । जसले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) बजारमा जिली ईएक्स फाइभ लाई प्रविधिमा अग्रणी इलेक्ट्रीक एसयूभीको रूपमा थप मजबुत बनाउने बताइएको छ ।

एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले ग्राहकलाई नयाँ मोडल उपलब्ध गराउनु आफ्नो प्राथमिकता रहेको बताए ।

‘नेपाली ग्राहकहरूलाई ढिलाइ नगरी नवीनतम विश्वव्यापी मोबिलिटी समाधान उपलब्ध गराउनु एलआरआर मोटर्सको सदैव प्राथमिकताको विषय होे,’ उनले भने, ‘इनबिल्ट एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता उन्नत सुविधासहित नयाँ ईएक्स फाइभ ले ग्राहकहरूलाई थप सुविधा, कनेक्टिभिटी तथा दीर्घकालीन मूल्य प्रदान गर्नेमा हामी विश्वस्त छौं ।’


Back_to_top