काठमाडौं । लुयान इलेक्ट्रीक स्कुटर एस-७० प्रो खरिद गर्दा ३० हजार नगद छुट पाइने भएको छ ।
इलेक्ट्रीक स्कुटर लुयानको नेपालका लागि आधिकारिक बिक्रेता जिरो इमिसन राइड एनले ब्ल्याक फ्राइडेको अवसरमा उक्त छुट योजना ल्याएको हो ।
यो स्कीममा स्कुटर खरिद गर्ने ग्राहकले १ वर्षको रोड ट्याक्स तथा हेलमेट निःशुल्क प्राप्त गर्नेछन् ।
केही समयअघि मात्र नेपाली बजारमा १ लाख ९८ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री सुरु भएको थियो । छुट योजना अन्तर्गत ग्राहकले अब यो स्कुटर १ लाख ६८ हजार ९०० रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
यो स्कीम नोभेम्बर २३ र २४ तारिखका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।
लुयान एस ७० प्रोमा २।२ किलोवाटको लिक्वीड कुल्ड हब मोटर दिएको छ । साथै, यसमा ९६ भोल्ट २३ एम्पीयरको ग्राफिन ब्याट्री उपलब्ध छ । यसलाई एकपटक फुलचार्ज गरेर ८० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।
लुयान एस–७० प्रोको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने यसमा डीआरएल सहितको प्रोजेक्टर हेडलाइट, एलईडी डिस्प्ले, एनएफसी सेन्सर कि–लेस इन्ट्री र एन्टी थेप्ट अर्लाम लगायत फिचर छन् ।

