अढाई लाखमा १०० किलोमिटर रेन्ज दिने स्कुटर नेपालमा

काठमाडौं । ओपाइ वाइडब्लू ०३ इलेक्ट्रीक स्कुटर नेपाल भित्रिएको छ । १०० किलोमिटर रेन्ज दिने दाबी गरिएको नयाँ स्कुटर जम्बो मोटर्सले नेपाल भित्र्याएको हो ।

कम्पनीका अनुसार यस स्कुटरको बजार मूल्य २ लाख ५० हजार रुपैयाँ रहेको छ । वाइडब्लू ०३ मा लिथियम आयन ब्याट्री उपलब्ध छ । यसले १०० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ ।

यो स्कुटरमा ३ किलोवाट पिक पावर भएको हब मोटर रहेको छ भने यसमा ७२ भोल्ट ३० एम्पियर आवरको लिथियम फोस्फेट ब्याट्री प्याक उपलब्ध छ । यसलाई एकपटक फुलचार्ज गर्न ५ देखि ६ घण्टा समय लाग्छ ।

यो स्कुटरको टप स्पीड ५५ किलोमिटर प्रतिघण्टा रहेको छ भने यसको दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ । यस्तै, यसमा एलईडी लाइट, डिस्क ब्रेक, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचर रहेको छ ।

यो स्कुटरले याडिया ई ८ एस प्रोसँग प्रतिस्पर्धा गर्नेछ । कुजु नेपालले बिक्री गर्ने याडिया ई ८एस प्रो को मूल्य २ लाख ३० हजार रुपैयाँ रहेको छ भने यसले एकपटकको फुलचार्जमा १ लाख ५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । तर, यसमा लिड एसिड ब्याट्री उपलब्ध छ ।

याडिया ई८ एस प्रोमा २८०० वाट म्याक्स पावरको मोटर जडान गरिएको छ । यसको टप स्पीड ६० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यो स्कुटरमा ७२ भोल्ट ३८ एम्पीयर क्षमताको ग्राफिनी ब्याट्री दिइएको छ । यसलाई एकपटक फुलचार्ज गरेर १५० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।


Back_to_top