चालकले इलेक्ट्रीक कार नचलाउने बताएपछि…

सांकेतिक तस्बिर

काठमाडौं । गाडी चालकको रुपमा काम गर्ने धेरै मानिसले विद्युतीय कार चलाउन नचाहेको घटना बेलाबखत आउने गर्छ । नेपाल विद्युत् प्राधिकरणले सुरुमा १५ यूनिट टाटा नेक्सन ईभी किन्दा चालकले चलाउन मानेन् भन्ने विषय बाहिर आएको थियो ।

केही दिनपछि चालक र प्राधिकरण संचालक बीच सहमति भयो विद्युतीय गाडी चल्न थाले । अहिले नेपाल विद्युत प्राधिरकणले एकपछि अर्को किन्ने नयाँ गाडी इलेक्ट्रीक किन्न थालेको छ । चालकहरु आन्दोलनमा छैनन् । अब प्राधिकरणले किन्ने हरेक गाडी विद्युतीय हुने प्रबन्ध निर्देशक कुलमान घिसिंङले बताउने गरेका छन् ।

केही दिनअघि मात्रै एउटा भाईले मलाई गाडी चलाउने काम खोजिदिन भने । उनि विगत १२÷१३ वर्षदेखि गाडी चलाउँदै आएका छन् । कहिले रुटमा गाडी चलाउने गर्छ भने कहिले निजी गाडीमा चालक भएर आफ्नो काम गर्दै आएका छन् । एक दिन अचानक उनले मलाई काम खोजिदिन भनेका थिए ।

चिनेजानेको नाताले मैले सकेको सहयोग गर्ने निधो गरेँ । एउटा कम्पनीमा नयाँ गाडी ओसार पसार गर्ने कामको लागि भनिदिँए । उनि कम्पनीमा गएछन् । कुराकानी गरेपछि तलव, सेवा–सुविधाका विषयमा कुरा भएछ । के–के कुरा भयो मैले सोधिन । तर, उनले मलाई फोन गरेर आफु गाडी नचालउने निर्णय सुनाएर र कम्पनीमा भनिदिन आग्रह गरे ।

उनको कुरा सुनेपछि मैले उनलाई प्रश्न गरे, तिमीले किन गाडी नचलाउने निर्णय लिएको ? उनले सहजै उत्तर दिए ‘विद्युतीय गाडी रहेछ, सुख्खा तलवमा कसरी काम गर्नु । कम्तीमा परिवारले दालभात त खान पुग्न पर्यो नी । पेट्रोल गाडी भएको भए अलिअलि तेलबाट पनि पैसा बच्थ्यो । त्यसैले नचलाउने निर्णय लिएको हुँ ।’

उनको उत्तरले म थप प्रश्न बिहिन भए । मैले कम्पनीमा उ गाडी चलाउन नआउने कुरा भनिदिए । तर, मलाई उसको उत्तरले अहिले पनि आश्चर्य चकित बनाई रहेको छ ।

किन विद्युतीय कारसँग भाग्छन् चालक ?

विद्युतीय कार इन्धन खर्च देखाउन नसकिने भएको कारण चालकहरु अतिरिक्त कमाई हुँदैन भन्ने निष्कर्षमा पुगेकै कारण चलाउन मान्दैनन् । अर्को विद्युतीय कारमा सर्भिसिङको काम पनि पेट्रोल कारको जस्तो नियमित गर्नु पर्दैन । त्यहाँबाट पनि धेरै थोरै कमाई चालकले गर्ने गर्छन् ।

नियमित रुपमा फेर्नु पर्ने पार्टस्पनि विद्युतीय कारमा हुँदैन । त्यसमा पर्ने मोविल, एयर फिल्टर, मोविल फिल्टर जस्ता पार्टस्को आवश्यकता नपर्ने हुँदा चालकहरु विद्युतीय कार चलाउनबाट भाग्दै आएका हुन् ।

विस्तारै समय फेरिरहेको छ । विद्युतीय कारहरु चलाउन निकै सहज हुने, आवाज नआउने, एकदमै राम्रो टर्क, आधुनिक फिचर लोडेड भएका कारण एक पटक विद्युतीय गाडी चलाएपछि उसको बानी त्यसमै बस्दै गएको हामीले पाएका छौं । यसले चालकलाई विद्युतीय कार प्रति आकर्षित गर्दै लगेको छ ।


Back_to_top