कोशी प्रदेशमा कारको वार्षिक कर वृद्धि, यस्तो छ नयाँ शुल्क

बिराटनगर । कोशी प्रदेशमा दर्ता रहेका सवारीसाधनले वर्षिक कर धेरै तिर्नु पर्ने भएको छ । प्रदेश सरकारले आर्थिक ऐन २०८० जारी गर्दै प्रदेश भित्र दर्ता रहेका सवारी साधनको वार्षिक कर वृद्धि गरेको हो ।

प्रदेश सरकारले १ हजार सीसीसम्मका साना चार पाङ्गे साधनमा लाग्दै आएको वार्षिक कर २३ हजार रुपैयाँ बनाएको छ । यो सेग्मेन्टमा ९०० रुपैयाँ वृद्धि गरिएको हो । यसअघि २२ हजार १०० रुपैयाँ कर लाग्दै आएको थियो ।

१००१ देखि १५०० सीसीसम्मका साना गाडी राख्ने मानिसले वार्षिक २५ हजार रुपैयाँ कर तिर्नु पर्ने भएको छ । यो समूहमा ८०० रुपैयाँ कर बढाइएको हो ।

१५०१ सीसीमाथि २००० सीसीसम्मका साधन हुनेले वार्षिक ३२ हजार तिर्नु पर्ने भएको छ घने २००१ सीसीदेखि २५०० सीसीसम्मका चार पाङ्ग्रे साधनले वार्षिक ३८ हजार तिर्नु पर्ने भएको हो । यी दुबै समूहमा ५०० कार दरले कर वृद्धि गरिएको हो ।

प्रदेश सरकारले २५०१ देखि २९०० सीसीसम्मका गाडी हुनेले ४४ हजार रुपैयाँ तिर्नु पर्छ । यसअघिको भन्दा ९०० रुपैयाँले कर वृद्धि गरिएको हो ।

त्यसैगरी २९०१ देखि ३५०० सीसीसम्मका गाडीमा ६३ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । यो सेग्मेन्टमा १ हजार ५०० रुपैयाँले कर वृद्धि गरिएको हो ।

कोशी प्रदेश सरकारले यसअघि नभएको सेग्मेन्ट यसपटक थप गरेको छ । थपिएको सेग्मेन्टमा ३५०० सीसी माथि क्षमताका कार हुनेले वार्षिक ७० हजार रुपैयाँ कर तिर्नु पर्ने बनाएको हो । यस्ता गाडी हुनेले यसअघि ६१ हजार ५०० रुपैयाँ तिर्दा पुग्थ्यो ।

विद्युतीयमा कति ?

विद्युतीय कारमा भने अन्य प्रदेशको जस्तै ४९ किलोवाटसम्मका साधनमा वार्षिक १० हजार, ५० किलोवाटदेखि १२५ किलोवाटसम्मका साधनलाई १५ हजार, १२६ देखि २०० किलोवाटका साधनलाई २० हजार रुपैयाँ वार्षिक कर तोकिएको छ ।

कोशी प्रदेशमा दर्ता रहेको २०१ किलोवाट माथिका सबै साधनले ३० हजार रुपैयाँ वार्षिक कर तिर्नु पर्ने भएको छ ।


Back_to_top