नयाँ वर्षको सुरुवातसँगै कम्पनीहरुले नयाँ नयाँ बाइक ल्याउने आफ्नो प्लानहरु सार्वजनिक गरिरहेका छन् । यस्तोमा पछिल्लो समय एसियन मार्केटमा युवा पुस्ताले रुचाउन सुरु गरेको क्रुज अवतारमा ५ नयाँ बाइकलाई कम्पनीहरुले २०१९ मा बजारमा उतार्ने रणनीति बनाएका छन् ।
यसरी क्रुज बाइक ल्याउने तयारीमा लागेका मोडल हुन् जावा प्राक, युएम रेनगेट रिगल, हार्ले डेविसन आइरन–१२००, बजाज डोमिनार र डुकाटी डेभिल–१२६० रहेका छन् । यी बाइकहरुले भारतीय बजारलाई केन्द्रमा राखेर आफ्नो उत्पादनहरु दक्षिण एसियाली बजारमा सार्वजनिक गर्ने छन् ।

जावा प्राकः जावा मोटरसाइकलले गत नोभेम्बरमा देखाएको प्राक बबरलाई क्रुज अबतारमा देखाएको थियो । उक्त बाइकलाई कम्पनीेले यही वर्ष सार्वजनिक गर्नेछ । ३३४ सीसी इन्जिन क्षमतामा आउने उक्त बाइकले ३० बीएचपी पावर र ३१ एनएम टर्क उत्पादन गर्छ । डियुल च्यानल एबीएससहित आउने यो बाइकमा प्रिमियम टायर र फिचरहरु उपलब्ध हुनेछ ।

युएम रेनगेट रिगलः अमेरिकी कम्पनी युएमले भारतीय बजारमा रेनगेट रिकगल क्रुज बाइक सार्वजनिक गर्ने भएको छ । २५१ सीसीको इन्जिनमा आउने यो बाइकमा लिक्वीड कुल इन्जिन दिइएको छ । १८ बीएचपी पार र १७ एनएम टर्क प्रदान गर्ने उक्त क्रुज बाइक निकै आर्कषक हुने कम्पनीले दाबी गरेको छ ।

हार्ले डभिड्सन आइरन १२००ः अमेरिकी क्रुज बाइक स्पेशलिस्ट हार्लेले आइरन १२०० सयलाई भारतीय बजारमा ल्याउने भएको छ । १२०२ सीसी क्षमताको भी–ट्वीन इन्जिन रहने यो पावरफुल क्रुज बाइकले ९८.९ एनएम पिक टर्क जेनेरेट गर्नेछ ।

बजाज डोमिनार–४००ः भारतीय अटो कम्पनी बजाजले आफ्नो फ्ल्याग्सीप बाइक डोमिनार–४०० लाई क्रुज अवतारमा ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ । भारतीय इमिसन स्टायडर्ड ६ मा आधारित इन्जिन दिइएको ३७३.३ सीसीको यो बाइकले ३५ बीएचपी पावर र ३५ एनएम टर्क उत्पादन गर्छ ।

डुकाटी डेभिल–१२६०ः डुकाटीले अन्तर्राष्ट्रिय बजारमा गत महिना ल्याएको डेभिल–१२६० भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । १२६२ सीसी इन्जिन जडान भएको उक्त बाइकले १५९ बीएचपी पावर र १२८ एनएम टर्क जेनेरेट गर्नेछ । कर्नरिङ एबीएस, ह्वील कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोलजस्ता सेफ्टी फिचर यो बाइकमा उपलब्ध हुनेछ ।

