सवारीसाधन बिलासी होइन, अत्यावश्यक बस्तु हुन्ः मन्त्री महासेठ

काठमाडौं । नाडा अटोमोवाइल एसोसिएसन आफ नेपालको ४२ औं साधारण सभा सम्पन्न भएको छ । अटोमोवाइल व्यवसायमा संग्लग्न व्यवसायीहरुको साझा संस्था नाडा अटोमोवाइ एसोसिएसनको साधारण सभामा प्रमुख अतिथिकोरुपमा आफ्नो मन्तब्य राख्दै भौतिक पूर्वाधार तथा यातायाता मन्त्री रघुविर महासेठले सरकारले यातायातका साधनलाई विलासिताको कोटीमा नराखेको जिकिर गरे । 

‘कुनै सवारीसाधन विलासी हुनसक्छ, संसारभर विलासी सवारीसाधनलाई विलासीनै भनेर बिक्री गर्ने गरिन्छ । हामी पनि त्यसको तयारी गर्छौ, तर सबै सवारीसाधन विलासीको कोटामा पर्दैन’ मन्त्री महासेठले भने । 

उनले ९० प्रतिशत यातायातको माध्यम गाडी भएकाले यसको लागि आवस्यक पूर्वाधार बनाउन सरकार लागि परेको जानकारी दिए । 

विशेष अतिथिकोरुपमा शुभकामना मन्तव्य राख्दै नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले नेपालमा सवारीसाधन धेरै भएको चर्चा सहि नभएको भन्दै हाम्रो सडक पूर्वाधार कम भएको बताए ।

नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले सबैलाई स्वगत गर्दै सरकारले अटो क्षेत्रलाई हेर्ने नजरमा केही परिर्वतन हुनु पर्ने जिकिर गरेका थिए ।

गत आर्थिक वर्षमा जुन क्षेत्रले १०५ अर्ब राजस्व दियो त्यो क्षेत्र कसरी अनुत्पादक हुन्छ भन्दै उनले गाडी किन्ने मानिसले १० प्रतिशत डाउन पेमेन्ट र ९० प्रतिशत कर्जा लिएर गाडी किन्ने व्यवस्था हुनु पर्ने माग गरे ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले सरकारले सडक पूर्वाधार विकासलाई तिब्रता दिदै अगाडि बढ्नुको विकल्प नभएको र सडक पूर्वाधार र यातायातका साधन विना समृद्धि सम्भव नभएको धारणा राखेका थिए । 


Back_to_top