यी ५ कारण टीभीएस रेडर नेपालमा सफल हुँदै

काठमाडौं । टीभीएस रेडर नेपाली बजारमा राम्रो प्रदर्शन गरि रहेको छ । कम्पनीका अनुसार रेडर ग्राहकको माग अनुसार उपलब्ध गराउन मुस्किल भइरहेको छ ।

रेडर माग बढ्दो रहेको र भारतबाट रेडरको सप्लाइ कम भइरहेको कारण नेपालमा बुकिङ गरेर मात्र रेडर ग्राहकले खरिद गरि रहेका छन् ।

टीभीएस रेडर नेपाली बजारमा लोकप्रिय हुनका पाँच कारण आज हामी चर्चा गर्ने छौं ।

१. लुक्स

टीभीएस रेडरको एग्रेसिभ लुक ग्राहकहरुले मन पराएका छन् । यसको हेडल्याम्प तथा टेलल्याम्प यूनिक डिजाइनको रहेको छ । कम्पनीले निर्माण गरेका कम्युटर मोटरसाइकल एग्रेसिभ लुकका कारण पनि नेपाली बजारमा लोकप्रिय हुँदै गएको हो । यो मोटरसाइकल १२५ सीसी भएता पनि यो १५० सीसी मोटरसाइकल जस्तै देखिन्छ ।

२. पावर

झट्ट हेर्दा १५० सीसी जस्तो देखिने यो मोटरासइकल १२५ सीसी क्षमताको हो । तर यसको पावर भने १५० सीसी मोटरसाइकल भन्दा कम भने छैन । यसले गर्दा युवा वर्गको ध्यान यो मोटरासइकलमा परेको पाइन्छ । यो मोटरसाइकलमा १२४ सीसी सिंगल सिलिन्ड एयरकुल्ड इन्जिन रहेको छ । यसले १२.९ पीएस पावर तथा ११.५ एनएम टर्क जेनेरेट गर्छ । यसको पावर यो सेग्मेन्टमा नै धेरै हो ।

३. माइलेज

टीभीएस रेडर हेर्दा जति एग्रेसिभ र पारवफुल छ तेती नै इकोनोमिक पनि छ । कम्पनीले यो मोटरासइकलको माइलेज प्रति लिटर ६० दावी गरेको भए पनि यो मोटरसाइकलको ४५ भन्दा धेरै माइलेज दिन्छ । यस कारण पनि यो मोटरसाइकल नेपालमा लोकप्रिय हुँदै गएको हो ।

४. मूल्य

फिचर लोडेड मोटरसाइकल रेडर १२५ मूल्यका कारण पनि यो निकै चर्चित भएको छ । नेपाली बजारमा अहिले १२५ सीसीका मोटरसाइकलको मूल्य २ लाख ६५ हजार रुपैयाँसम्म पुगिसकेको छ । यस्तोमा टीभीएसले रेडरको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ । यो मूल्य अन्य प्रतिूपर्धीको तुलनामा कम नै रहेको छ ।

५. फिचर

यो मोटरसाइकल १२५ सीसी सेग्मेन्टमा सबैभन्दा फिचर लोडेड मोटरसाइकल रहेको छ । यसमा गियर इन्डिकेटर, ५ स्पीड गियर, फुल डिजिटल कन्सोल, टप स्पीड रेकर्डर, हेलमेड रिमान्डर, युएसबी चार्जर, एलइडी लाइट्स जस्ता फिचरका कारण यो मोटरसाइकल सबैको रोजाइमा पर्दै गएको छ ।


Back_to_top