शासकको सवारीः यस्ता छन् पाँच शक्तिशाली नेताहरूको अविश्वसनीय कार

काठमाडौं । शक्तिशाली मानिसहरूलाई शक्तिशाली गाडी चाहिन्छ, भन्ने हाम्रो सोचाई हुन्छ । त्यो स्वभाविक पनि हुनसक्छ । यहाँ विश्वका प्रभावशाली नेताहरूको कारकाबारेमा चर्चा गरिएको छ । उनीहरूले प्रयोग गर्ने कारको अनुमानीत मूल्य र विशेष विशेषता उल्लेख गरिएको छ । 

राष्ट्र प्रमुखहरू, राजाहरू तथा धार्मिक नेताहरूको कार विलाशी र स्टाइलिसमात्र हुँदैनन्, उनीहरूको कार सुरक्षितसमेत हुन्छ । उनीहरू सवार हुने कारको मूल्य ५ लाख ३५ लाख डलरदेखि १ करोड ४७ लाख डलरसम्म पर्छ । 

५. पोप बेनेडिक एक्भीआई, मर्सिडिज बेञ्ज एम–क्लास एकेए द पोपमोबाइल–५३५००० डलर

पोप बेनेडिकले प्रयोग गर्ने मर्सिडिज एम–क्लासलाई पोपमोबाइल नाम दिइएको छ । वर्तमान पोप, फ्रान्सिसले विगतमा जस्तो बुलेटप्रुफ कार रोजेनन् । उनले बुलेटप्रुफ कारबारे भनेका छन्, “जतिबेला जे पनि हुनसक्ने कुरा सत्य हो  । तर, त्यसको सामना गर्नुपर्छ । मेरो यो उमेरमा मैले के नै गुमाउनु छ र ?” क्याथोलिक चर्चका प्रमुख पोपहरूले त्यही ओरपरको कार्यक्रममा जाँदा पोपमोबाइल चढ्ने गरेका छन् । बेनेडिकको पोपमोबाइल भने क्याविनमा अक्सिजन सप्लाई गर्न सकिने गरी बनाइएको छ ।

४. भ्लादिमिर पुटिन, उरुस सेनाट लिमोजिन– ५८८०००

सियाका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै चौथोपटक निर्वाचित भएपछि नयाँ लिमोजिनमा सवार हुन थालेका हुन् । उरुस सेनाट फोस्र्च र रसियन इन्स्टिच्यूट एनएएमआएबीचको ज्वाइन्ट भेञ्चरमा बनेको हो । रसियाका राष्ट्रपतिले रसियामै बनेको सवारी प्रयोग गरेको यो पहिलोपटक हो । यो कार निक्कै सुरक्षित रहेको बताइन्छ । यो कारमा ४.४ लिटर भी–८ शक्तिशाली इञ्जिन प्रयोग गरिएको छ, जसले ५९८ एचवी पावर दिन्छ । 

३. डोनाल्ड ट्रम्प, क्याडिलक वान एकेए ‘द बेस्ट’– १.६ मिलियन डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चढ्ने कार द वेस्टमा ५ इञ्चको बुलेटप्रुफ विन्डो र ८ इञ्च बाक्लो बख्तबन्द ढोका रहेको छ । यो कार निक्कै शक्तिशाली रहेको छ । ट्रम्प चढ्ने कार निक्कै गहुङ्गो रहेको छ । 

२. किम जोङ उन, मर्सिडिज बेञ्ज एस–६०० (डब्लू–२२१) पुलम्यान गार्ड– १.६ मिलियन डलर

उत्तर कोरियाली शासक किम जोङ उनको गाडीका दायाँ–बायाँ रहेका १२ जना बडीगार्डका कारण निक्कै चर्चित छ । उनले चढ्ने कार पनि कम्ता चर्चित छैन । उनले चढ्ने कार मर्सिडिजको लिमोजिन हो । उनको कारको बडीगार्डहरू आर्मीबाट छानिएका पोख्त लडाकूहरू हुन् । यो कार करिब २१ फिट लामो छ । एस–६०० पुलम्यान निक्कै ठूलो कार हो, किमका लागि उनको आवश्यकताअनुसार यो कार बनाइएको हो । 

१. महारानी एलिजावेथ आईआई, बेन्टले स्टेट लिमोजिन– १४.७ मिलियन डलर

महारानीलाई कसरी यात्रा गर्ने भन्नेबारे थाहा छ । महारानीको बेन्टले स्टेट लिमोजिन २००२ मा उनको गोल्डेन जुब्लीका लागि डिजाइन गरिएको थियो । यो कारमा रहेको ढोका ९० डिग्रीमा खुल्छ । किन यस्तो बनाइएको हो भने राजसी तवरले ढोका खुलोस् । यो कारमा पानारोमिक ग्लासहाउस रहेको छ । जसका कारण हेराई उत्कृष्ट हुने जनाइएको छ । यस्तो कार अन्य कारमा नभएको बेन्टलेले जनाएको छ ।


Back_to_top