पहाडी वासिन्दाको लाइफ लाइन, तपाईले कसरी देख्नुभएन अर्थमन्त्री ज्यू ?

तपाईं हाईवे छोडेर कतै पनि पहाडी क्षेत्रमा कच्चीबाटोको यात्रा गर्नुहुन्छ भने तपाईंको सामुन्ने तीनवटा विकल्प हुनसक्छ । १. पैदल यात्रा, २. घोडचडी र ३. महेन्द्रा बोलेरो । पूर्वमा ताप्लेजुङ होस् वा सोलुखुम्बु, दोलखाको कालिञ्चोक या मनाङ र अपरमुस्ताङ अथवा कालिकोट, खप्तड कि मुगु जहाँ गए पनि सहज यात्रा गर्ने बाटो पाउन मुश्किल पर्छ । जहाँ जता जाँदा पहाडी यात्रालाई छोट्याउन अगाडि आउने सवारीसाधन महेन्द्राको बोलेरो हुने गर्छ । यो सवारी नेपालका नयाँ खुलेका बाटाहरूको लागि एकमात्र निर्विकल्प यात्राको साधन रहँदैआएको छ । 

सुदूरपश्चिमको खप्तडको यात्रामा जाँदा बझाङको तमैलदेखि १६ किलोमिटरको पहाडी, कच्ची तथा रातभरि वर्षाले भिजेको बाटोमा महेन्द्राको बोलेरो डबल क्यावको यात्रा गर्ने अवसर जुटेको थियो । 

बलियो च्यासिस भएको, चार सिलिण्डर २.५ लिटरको इञ्जिन र फोर ह्वील ड्राईभको सुविधासहितको बोलेरो डबल क्याव पिकअप पहाडी बाटोमा चल्तीको गाडी हो । मान्छे पनि बोक्न मिल्ने टन्न सामान पनि बोक्न मिल्ले यो गाडी पहाडी बाटोको लाइफ लाइन हो । यसले विकट पहाडमा खाद्यान्न, औषधि उपचारको सामाग्री तथा विकास र पर्यटक पुर्याउन निकै मद्दत गरेको छ । 

शाहसिक यात्रा

भर्खर बाटो पुगेको ठाउँका लागि स्थानीय जनता हुन् वा नयाँ यात्रीहरू सबैको लागि बोलेरोको सवारी एक यादगार यात्रा हुनसक्छ । किनकी एक त, विकट पहाडी क्षेत्रहरू र अर्काे भर्खरै डोजर लगाएको कच्चीबाटो त्यस्ता बाटोमा हुईंकिने सबै महेन्द्रा बोलेरोमै हो । यो यात्रा यति साहसिक हुन्छ कि नयाँ यात्री हो भने उसको हङ्सले ठाउँ छोड्नसक्छ । एकातिर ठूला–ठूला पहाडको भित्तो र अर्कोतिर धेरै तलसम्म देखिने भीर, अनि तल बगेका ठूला नदिहरू । तर, जे–जस्तो भए पनि बोलेरोको यात्राले समय र दूरीलाई धेरै नै छोट्याउने गर्छ ।

यात्रा सुरु गर्दा १६ किलोमिटरको ३५०० ज्यादै महंगो लागे पनि यो सकिँदासम्म सबैले महसूुस गर्यौ कि पहाडको यात्रामा महेन्द्रा बोलेरेको सवारीको शुल्क किलोमिटर नापेर होइन । गाडी र ड्राईभरको क्षमता र बाटाेकाे अवश्थामा निर्भर हुने रहेछ ।

यो पङ्तिकार हालैमात्र सुदूरपश्चिमको खप्तडको यात्रामा जाँदा बझाङको तमैलदेखि १६ किलोमिटरको पहाडी, कच्ची तथा रातभरि वर्षाले भिजेको बाटोमा महेन्द्राको बोलेरो डबल क्यावको यात्रा गर्ने अवसर जुटेको थियो । उक्त यात्रा त्यो रुटको पहिलो गाडी ट्रीप थियो । बोलेरोका सवारीचालक भाई प्रविन रोकायले त सुरुमै जान आनाकानी गर्दैथिए । तर, हामीलाई छिट्टै (चाँडै) खप्तडको सुन्दरताको रसस्वादन गर्ने लालचाले बिहानै हिँड्ने जोड गरेका थियौं । रातभरि परेको ठूलो वर्षाले नजिकैको सेती खोला सुसाउँदै धमीलो पानी गड्गडाउँदै बगिरहेको थियो । तमैल बजारबाट झोलुङ्गे पुल तरेर हामी पारी पुग्दा प्रविन भाई बोलेरोसँगै तयार भइसकेका थिए । उनी भन्दै थिए, दाई रातिको पानीले बाटो नै बगाएको जस्तो छ, माथितिर के गर्ने होला ? उनको प्रश्नले हामीलाई चार वर्षअघिको राराको यात्रा सम्झायो । त्यो समयमा कालिकोटबाट ट्याक्टर डिँड्ने बाटोका सावेल र बेल्चाले बाटो बनाउँदै महेन्द्राकै स्कोरपियोमा कठिन, तर रोमाञ्चक यात्रा गरेका थियौँ । अझ हुदहुदको आँदिमा फसिँदा आउँदै गरेको तिहारको मुखमा जुम्लामै फसिने सम्भावनाले पिरोलेको थियो । 

अनि प्रविनलाई साथी नरेश पोखरेलले भने मुगुमा त बाटो बनाउँदै यात्रा गरेका थियौँ । यहाँ पनि परिआए बाटो बनाउँला हिँड् भाई भन्दै उनलाई हौसला दिँदै अघि बढ्यौँ । हाम्रो यात्रा खोलाको तिरैतिरबाट सुरु भयो र काठको पुलमा खोला तरेर पारी गएपछि उकालो सुरु भयो । कच्ची, उकालो र हिलोबाटो । अब के हुने होला, मनमा चिसो पस्यो । हामीले प्रविनलाई सोध्यौँ, भाई यस्तोमा केही समस्या त हुँदैन । उनले सहज उत्तर दिए, दाई चार वर्षको अनुभव छ । दुई वर्ष त लाइसेन्सविना नै गाडी चलाए । किनकि चार पाङ्ग्रेको लाइसेन्स बनाउने उमेर नै पुगेको थिएन । अगाडि बढ्दै जाँदा बाटोमा ढुङ्गाहरू छरिएको उकालो बाटोमा पुगियो । अब के गर्ने मैले ईसाराले सोधेँ, उनले मुस्कुराउँदै भने दाई फोर ह्वील छँदैछ नि । नभन्दै उनले बोलेरो रोके र फोर ह्वील गियर लिभर चलाए र गाडी विस्तारै सररर्र… भर्याङ् चढे, यसरी ढुङ्गा चढ्दै सहजै अघि बढ्यो । यत्रो ढुङ्गाहरूमा कसरी गाडी चढ्यो मैले सोधेँ । यसमा कम्पनीले बनाएकोभन्दा अझ बढी स्प्रीङ्गपत्ता थपेर हाइट बढाइएको उनले जानकारी दिए । 

हिलोमा झरेर ठेल्नुपर्ने हो कि जस्तो लाग्दैथियो, प्रविनले गाडी ब्याकगियरमा हालेर पछाडि सारेर रोके । अब के गर्ने हामी सबै ओर्लियौँ ।

फेरि अगाडि बढ्दै जाँदा खहरे बढेर बाटो बगाएको भेटियो, त्यहाँ ठूलो भेल बगिरहेको थियो । उसले सुरुमा बाटो बिगारेको हुनसक्ने गरेको अनुमान सम्झिए, जुन सही सावित भयो । अब यहाँबाट पैदल हिँड्नुपर्ने अनुमान लगाउँदै सोधेँ, हामी कति बाटो आयौँ भाई । उनले भने, एकतिहाई जति होला । मनमनै हिसाब गरे आधा पनि भएको रहेनछ । १६ किलोमिटरको यात्रामा अझै १० किलोमिटर बाँकी होला । ‘अब आज पुगिँदैन, खप्तड’ साथी राजकुमार बरालले भने, हाम्रो टोलीमा उनलाई विशेष कामले जतिसक्यो, चाँडो काठमाडौं फर्कनु थियो ।

प्रविनले पारीपट्टि गए र हेरेर भने दाई गाडी पारी जान्छ । तर, सबै मिलेर यो खहरेमा ट्रयाक बनाउन ढुङ्गा हाल्नुपर्यो । हामी सहजै उनको प्रस्ताव स्विर्कायौं र सबै मिलेर उनलाई ढुङ्गा पास गर्न थाल्यौँ । करिब आधा घण्टाको प्रयासपछि एउटा साईडको ट्रयाक तयार भयो । अब अर्को बनाउने भनेर सोच्दै गर्दा प्रविनले भने दाई अब कट्छ । हामी छक्क पर्यौँ, एउटाले मात्र हुन्छ । उनले भने प्रयास गरौँ, जे होला । हामी दुबैपट्टि बसेर हेर्दैथियौँ, उनले गाडी स्पीडमा हालेर उफार्दै पास गराए । यो बोलेरो त गज्जब रहेछ, राजकुमारले दङ्ग पर्दै भने अनि हामीले जिस्कायौँ, अब काठमाडौं गएर क्रेटा बेचेर बोलेरो किन्ने । सबैजना हास्यौँ, हाहाहा…. ।

काठमाडौंमा आइपुग्दा थाहा भयो कि विद्वान डाक्टर अर्थमन्त्रीले यस्ता सवारीको मूल्यमा अन्तःशुल्कको भारी थपेछन् । उनलाई के थाहा यस्ता गाडीले नेपालको पहाडी क्षेत्रहरूमा कतिको योगदान गरेको छ ?

यात्रा उकालो–उकालो अघि बढ्दैथियो, अब फेरि पूरै पानी जमेर हिलै भएको बाटो आयो । प्रविन के सोच्दै थियो कुन्नी, मैले भने फोर ह्वील छँदैछ नि । उनले पनि फोर ह्वील लगाउँदै सिँधै हिलोमा हालिहाले । तर, बीचमा गाडी अड्कियो । हिलोमा झरेर ठेल्नुपर्ने हो कि जस्तो लाग्दैथियो, प्रविनले गाडी ब्याकगियरमा हालेर पछाडि सारेर रोके । अब के गर्ने हामी सबै ओर्लियौँ । प्रविन हिलोमै छिरेर एउटा ठूलो ढुङ्गा हटाए, जसले गाडी रोकेको थियो । अनि केही साना–साना ढुङ्गा यताउति सारे । अनि चप्पल लगाएको खुट्टा धुँदै गाडीमा बस्न भने । अब के गर्ने हिँडेर पार गरौँ भने पूरै हिलो छ, लगाएको जुत्ता–मोजा सबै खोल्नुपर्यो । गाडीमै बसौँ भने बीचमै फसिने हो वा भिरमा झर्ने हो डरलाग्दो भयो । तर, सबैजना डराई–डराई गाडीमा जोडले समाउँदै बस्यौँ । प्रविनले गाडी अलि स्पीडमा अगाडि बढाए । गाडी नाच्दै–नाच्दै हिलोमा भासिँदै पारी पुग्यो र सबैले शान्तिको श्वास फेर्यौ । यात्रा सुरु गर्दा १६ किलोमिटरको ३५०० ज्यादै महंगो लागे पनि यो सकिँदासम्म सबैले महसूुस गर्यौ कि पहाडको यात्रामा महेन्द्रा बोलेरेको सवारीको शुल्क किलोमिटर नापेर होइन । गाडी र ड्राईभरको क्षमतामा निर्भर हुने रहेछ । फेरि खप्तडबाट फर्कंदा पनि प्रविनलाई लिन बोलाउने सल्लाह गरी उसको नम्बर लिँदै भोलिपल्ट भेट्ने बाचा गर्दै हामी उकालो लाग्यौं । 

काठमाडौंले विलासी देखेपछि…

काठमाडौंमा आइपुग्दा थाहा भयो कि विद्वान डाक्टर अर्थमन्त्रीले यस्ता सवारीको मूल्यमा अन्तःशुल्कको भारी थपेछन् । उनलाई के थाहा यस्ता गाडीले नेपालको पहाडी क्षेत्रहरूमा कतिको योगदान गरेको छ ? उनलाई लाग्छ कि लामा गाडी र ट्रकहरूमात्र पहाडमा चल्छन् ।

उनलाई त १००० सीसीभन्दा माथिको पेट्रोल र १५०० सीसीभन्दा माथिका सबै डिजेल गाडी लग्जरियस हुन् जस्तो लाग्छ । अनि पहाडको लाइफ लाइन यस्ता गाडीहरूलाई पनि २० प्रतिशत अन्तःशुल्क र ४ प्रतिशत सडक दस्तुर बढाइ दिन्छन् । यसले पहाडी क्षेत्रको सवारीमा यात्राको लागत अझ बढ्नेछ ? डाक्टर साहेबहरू त यस्ता विकट पहाडी क्षेत्रमा हेलिकोप्टरको सवारी गर्ने न भए । जनताले जेसुकै चढुन् । 


Back_to_top