घट्यो सुजुकी ई भिटाराको मूल्य

फाइल तस्बिर

काठमाडौं । सुजुकी ई भिटाराको मूल्य घटेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटले मूल्यका आधारमा कर निर्धारण गरेसँगै सुजुकी ई भिटारको मूल्य १ लाख रुपैयाँले घटेको हो ।

नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले मंगलबारदेखि लागू हुने गरि मूल्य समायोजन गरेको हो ।

कम्पनीले यसअघि वेस भेरियन्ट ई भिटारा डेल्टाको मात्र मूल्य सार्वजनिक गरेर बिक्री गर्दै आएको थियो । कम्पनीले ५२ लाख ९९ हजार रुपैयाँ एमआरपी तोकेर परिचयात्मक मूल्यको रुपमा ४९ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको थियो ।

बजेटले मूल्यका आधारमा कर निर्धारण गरेसँगै कम्पनीले १ लाख रुपैयाँ मूल्य कम गर्दै अब ई भिटारको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकेको हो ।

यस्तो छ सुजुकी ई भिटारा

सुजुकी ई भिटारामा ४९ किलोवाट आवरको ब्याट्री र १०६ किलोवाटको मोटर रहेको छ ।

ई भिटाराको इन्टेरियरमा फ्लोटिङ टचस्क्रीन इन्फोटेन्मेन्ट स्क्रीन, फुल्ली डिजिटल ड्राइभर इन्फर्मेसन डिस्प्ले, पानारोमिक सनरुफ, फ्लोटिङ सेन्टर कन्सोल, ट्विनस्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, रेक्ट्रयाङ्गुलर एसी भेन्ट्स, रोटरी ड्राइभ सेलेक्टर, वायरलेस एप्पल कारप्ले एण्ड एण्डरोइड अटो, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर, पावर्ड ड्राइभर सिट, इन्फिनिटीको प्रिमियम अडियो सिस्टम लगायत क्याबिन फिचर छन् ।

ई भिटारामा सुरक्षाका लागि ७ वटा एयरब्याग, लेवल २ एडास फिचर, हाइटेन्सिल स्टील स्ट्रक्चर, ३६० डिग्री क्यामरा, फ्रन्ट एण्ड रियर पार्किङ सेन्सर, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटोहोल्ड, चारै चक्कामा डिसब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम छ ।

 


Back_to_top