काठमाडौं । चिनियाँ सरकारी कम्पनी डोङफेङ मोटर्सले सोलिड स्टेट ब्याट्रीको ब्यवसायीक उत्पादन थाल्ने घोषणा गरेको छ । कम्पनीले २०२८ को सेकेन्ड हाफको अन्त्यबाट सोलिड स्टेट ब्याट्री उत्पादन थाल्ने भएको हो ।
हुवी सरकारी समाचार एजेन्सीले दावी गरे अनुसार सोलिड स्टेट ब्याट्रीको उत्पादन सुरु हुन लागेको छ । यो ब्याट्रीमा ऊजाृ घनत्व (इनर्जी डेनसिटी) ३५० अवाट आवर÷केजी हुनेछ । त्यसैले यो ब्याट्री प्रयोग हुने कारको रेन्ज एक हजार किलोमिटर माथि नै हुनेछ ।
नयाँ ब्याट्रीको सुरक्षाको विषयमा पनि कम्पनी निकै चनाखो देखिएको छ । सुरक्षाको हिसाबले सोलिड स्टेट ब्याट्री त्यसैपनि अब्बल छ । लिथियम आयोन ब्याट्रीमा जस्तो लिक्विड इलेक्ट्रोलाइटस् हुँदैन । त्यसैले आगलागी वा विस्फोटको सम्भावना रहँदैन ।
कम्पनीले यसको सुरक्षा टेस्टहरु पास गरिसकेको जनाएको छ । डोङफेङ ग्रुपका अनुसार १७० डिग्रीसम्मको तातोमा यसको परीक्षण पुरा भएको छ ।
डोङफेङले अक्साइड पोलिमोरमा आधारित सोलिड स्टेट ब्याट्री बनाएको हो । यसको प्रयोग ठूला औद्योगिक प्रतिस्ठान र विद्युतीय सवारी साधनमा हुने अनुमान गरिएको छ ।
कम्पनीका अनुसन्धान तथा विकास संस्थाको सोलिड स्टेट ब्याट्री प्रयोगशाला प्रमुख झाङ वेईका अनुसार इलेक्ट्रोड र सोलिड इलेक्ट्रोलाइट्सदेखि ब्याट्री प्याकसम्मको प्रविधिमा १०० प्रतिशत आत्मर्निभर रहेको डोङफेङले जनाएको छ ।
डोङफेङले आफ्नो सोलिड स्टेट ब्याट्रीको परीक्षण अत्याधिक चिसो स्थानमा पनि सफल भएको जनाएको छ । माइनस ३० डिग्री सेल्सियस भएको स्थानमा दावीको ७४ प्रतिशतभन्दा बढी राम्रो प्रदर्शन गर्यो ।
नयाँ टेक्नोलोजीको ब्याट्री चार्ज गर्न डोङफेङले २०२७ मा सुपर चार्जरहरु निर्माण थाल्ने घोषणा गरेको छ ।


