आइसरद्धारा ‘स्कूल बस र सडक सुरक्षा’ अभियान सम्पन्न

काठमाडौं । आइसर ट्रक तथा बसद्वारा कक्षा पाँचदेखि माथिका २०० भन्दा बढी विद्यार्र्थीको सहभागितामा ललितपुरको गोदावरी स्थित वज्र एकेडेमीमा संचालित ‘स्कूल बस र सडक सुरक्षा’ सचेतना अभियान सफलतापुर्वक सम्पन्न गरेको छ । कार्यक्रमको उद्देश्य बालबालिकालाई सडक सुरक्षाको महत्वबारे जानकारी गराउनु रहेको थियो ।

सुरक्षामा अब्बल आइसरका बसहरू बारेपनि जानकारी दिइएको थियो । आइसरका बसहरुमा ४० सुरक्षा फिचर छन् । जसमा अतिरिक्त सुरक्षाको लागि रोल–ओभर परीक्षण, थोरै स्टेपमै सजिलो अनबोर्डिङ, अचानक रोकिनका लागि दाँते गार्डहरू, दु्रत निकासीका लागि दोहोरो आपतकालीन ढोका र चिप्लो सडकहरूमा स्थिर ब्रेकिङका लागि एबीएस जस्ता फिचर रहेको छ ।

सुरक्षाका यी उत्कृष्ट उपाय र अन्य विभिन्न सुधारहरूले विद्यार्र्थी यातायात र स्कूल बसहरूको लागि आइसरका ट्रक र बसहरूलाई उच्च विकल्पका रुपमा उभ्याएको छ ।

सभ्य र भब्य समाज निर्माणमा सडक प्रयोगले प्रतिबिम्ब गर्दछ । साथै, सुरक्षीत सडक आम नागरिकको हक र कतब्र्य दुबै हो । झन् स्कूल बसमा त सडक सुरक्षालाई नकार्नै सकिँदैन । बालबालिकाको सुरक्षा आमाबाबूका लागि सदैव महत्वपूर्ण विषय हो । आप्mना बच्चा स्कूलको यात्रा गर्दा सुरक्षित हातमा होस् भन्ने सबैले चाहन्छन् ।

सडक सुरक्षा बालबालिकामा मात्र नभएर अन्य जनमानसमा पनि उतिकै आवश्यक छ । सन् १९९६ देखि स्कूल बसको सुरुवात गरेको आइसर बस आप्mनो सुरक्षा सुविधा, आधुनिक डिजाइन तथा नयाँ इन्जिनियरिङका लागि चिरपरिचित छ ।

सुरक्षा पहिलो प्राथमिकता, सुरक्षित यात्रालाई पहिलो प्राथमिकता दिने अवधारणाका साथ आइसरले जनचेतनामुलक कार्यक्रम मार्पmत सबैलाई सुरक्षित बनाउनका लागि सडक सुरक्षालाई विशेष प्राथमिकता दिइरहेको जनाएको छ ।


Back_to_top