काठमाडौं । थापाथली क्षेत्रका आधादर्जन गाडी शोरुममा आगजनी भएको छ ।
मंगलबार भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले गाडी शोरुमहरूमा पनि आगजनी गरेका हुन् ।

प्रदर्शनकारीले टाटा मोटर्स, सीजी मोटर्स, महिन्द्रा, सुजुकी, हुन्डाई लगायतको शोरुममा आगलागी तथा तोडफोड गरेका छन् ।
आगजनीबाट अधिकांश शोरुम पूर्ण क्षति भएको छ । शोरुममा राखिएका गाडीहरू पनि जलेर नष्ट भएका छन् ।

कति संख्याका गाडी जले र कतिको क्षति भयो भन्ने एकीन तथ्यांक आइसकेको छैन ।




