गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी

काठमाडौं । जेनजी प्रदर्शनकारीले भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गरेका छन् ।

मंगलबार साँझ ठूलो संख्यामा प्रदशर्नकारीहरू विमानस्थल परिसरमा प्रवेश गरी भौतिक संरचनामा आगजनी गरेका हुन् ।

साथै, भौतिक संरचनामा तोडफोड, सरकारी र सुरक्षाकर्मीको गाडीमा समेत आगो लगाइदिएका छन् ।

आज दिउँसोदेखि नै विमानस्थल बाहिर युवाले प्रदर्शन गरेका थिए ।


Back_to_top