जस्तोसुकै परिस्थितिमा पनि सेवा दिन तयार छौं : वायुसेवा संचालक संघ

काठमाडौं । वायुसेवा सञ्चालक संघले जस्तो सुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिबद्धता जनाएको छ।

संघका अध्यक्ष मनोज कार्कीले विज्ञप्ति जारी गर्दै संघका सदस्य कम्पनीहरू सदैव आम जनसमुदायको सेवामा तत्पर रहने जानकारी गराएका हुन्।

सङ्घले यही भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा युवाहरूमाथि भएको दुःखद् घटना र त्यसबाट सृजित हिंसाप्रति गहिरो चिन्ता र दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा दिवंगत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

यसैबीच, संघले छुट्टै विज्ञप्ति निकालेर उडान सञ्चालनमा रहेका हेलिकप्टरहरूबाट कुनै पनि राजनीतिज्ञ, मन्त्रीलगायतलाई उडान सेवा नदिएको दाबी गरेको छ।


Back_to_top