लाखौं मानिसको ज्यान जोगाउने अटोमोवाइल क्षेत्रको नयाँ खोज

काठमाडौं । आजभन्दा ६३ वर्ष पहिले सन् १९५९ मा अटोमोवाइल क्षेत्रमा एक नविनतम खोज भएको थियो । उक्त खोज अटोमोवाइल क्षेत्रको १३० वर्षको इतिहासमा भएको अहिलेसम्मको सबैभन्दा ठूलो ट्राफिक सेफ्टी इनोभेसन हो ।

अटोमोवाइल क्षेत्रको उत्कुष्ट खोज स्वीडेनका इन्जिनीयर नेल्स बोलेनले गरेका थिए । भोल्भोका इन्जिनीयर नेल्स बोलेनले अहिलेको आधुनिक थ्रि प्वइन्ट सिट बेल्टको खोज गरेका हुन् । जसको सहायताले विश्वभरका चार पाङ्ग्रे सवारी साधनमा यात्रा गर्ने लाखौं मानिसको ज्यान जोगिएको छ ।

थ्रि प्वइन्ट सिट बेल्ट आउनु अघि अहिलेको हवाइजहाजमा जस्तै टु प्वइन्टको मात्र सिट वेल्ट हुने गरेको थियो । जसको प्रयोगले चालक तथा यात्रुलाई आफ्नो सिटमा त बाधिराख्थ्यो तर, दुर्घटनाको समयमा टाउको र छातिमा चोट लागेर धेरैको मृत्यु हुने गरेको थियो ।

थ्रि प्वइन्ट सिट बेल्टले चालक तथा यात्रुको सरिरको माथिल्लो र तल्लो भागलाई सिटमै टासेर राख्ने काम गर्छ । भल्भोले यो इनोभसनका लागि १९५० देखि १९६० सम्म लामो अनुसन्धान गरेको थियो । यसका क्रममा दशौं हजार ट्राफिक दुर्घटनाहरुको मिहिन रुपमा परिक्षण गरिएको थियो ।

भल्भोले लामो समय र धेरै लगानी गरेर बनाएको यो इनोभेसनका तुरुत्तै प्याटेन्ट दर्ता गरेको थियो । भल्भोले आफ्नो प्याटन्ट अनुसार अमेरिकी बजारमा बीस वर्षसम्म एकलौटी प्रयोग गर्न सक्ने अधिकार रहेको थियो । अथवा अन्य अटोमोवाइल कम्पनीसँग लाइसेन्स फिको रुपमा करौडौ डलर लिन सक्थ्यो । तर भोल्भोले मानिसको जीवन नै बचाउने योे इनोभेसनलाई तुरुन्तै सबैका लागि खुल्ला गर्यो ।

भोल्भोले अटोमोवाइल क्षेत्रमा प्रतिस्पर्धीलाई यो इनोभेसन उपहार दिएर छिटै नै सबैलाई अनिवार्य रुपमा प्रयोग गर्न र चालक तथा यात्रुको जीवन सुरक्षीत गराउन प्रोत्साहन गरेको थियो । भोल्भोको यो कदमका कारण विश्वको ट्राफिक सेफ्टी क्षेत्रमा उसको योगदान सधैँ चर्चामा रहने गरेको छ ।

अहिले विश्वमा बन्ने सबै चारपाङ्ग्रे सवारी साधनमा थ्रि प्वइन्ट सिट बेल्ट अनिवार्य रुपमा प्रयोग हुन्छन् । भोल्भोले उत्पादन गरेको बसमा समेत थ्रि प्वइन्ट सिट बेल्ट दिने गरेको छ । भोल्भोले सन् १९९० मै आफ्नो बसको सिटमा यस्तो सिट बेल्ट राखेको थियो । अहिले युरोपमा गुड्ने ६० प्रतिशत भन्दाबढी र स्क्यन्डिनेभिया देशमा चल्ने सबै भोल्भो बसको सिटमा थ्रि प्वइन्ट सिट बेल्ट हुने गरेको छ ।


Back_to_top