पहिलेभन्दा ठूलो साइजमा नयाँ अल्टो

काठमाडौं । मरुती सुजुकीले आफ्नो चर्चित मोडल अल्टोको नयाँ जेनेरेशन मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । भारतमा टिभी विज्ञापन सुटिङको क्रममा नयाँ अल्टो देखिएको हो ।

मारुती सुजुकीले आफ्ना साना गाडी बनाउने हार्टटेक प्लेटफर्ममा बनाएको अल्टो निकै फरक अवतारमा देखिएको छ । यसअघिको मोडलको तुलनामा ठूलो, फराकिलो क्याविनको साथमा आउन लागेको अनुमान गर्न सकिन्छ ।

कम्पनीले यसको अगाडिको भागमा परिवर्तन गरेको छ । यसमा नयाँ डिजाइनको हेडल्याम्प, अगाडि र पछाडिको दुबै बम्पर अपग्रेड गरिएको छ । नयाँ फलल्याम्प हाउजिङ र एयर इन्टेक, नयाँ डिजाइनको ह्वील, नयाँ टेलल्याम्प जस्ता फिचरले यसले अहिले बजारमा रहेको मोडलभन्दा पृथक बनाएको छ ।

मारुतीले पहिलो पटक अल्टोमा सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, ७ इन्चको स्मार्टप्ले टचस्कृन, नयाँ सिट, कन्ट्रोल बटम सहितको स्टेरिङ ह्वील, नयाँ सिट दिइएको छ ।

कम्पनीले अल्टोलाई ७९६ सीसी क्षमताको इन्जिन दिएको छ । साथै, अल्टो के१० सिरिजमा १.० लिटर पेट्रोल इन्जिन रहने छ ।


Back_to_top