बीवाइडी एटो थ्री बारे जान्नुहोस् ५ तथ्य

काठमाडौं । विद्युतीय गाडी आज सर्वाधिक चर्चामा रहेको छ । सरकारदेखि नागरिकसम्मको तहमा चर्चा बढ्न थालेसँगै नेपालमा विभिन्न ब्राण्डले विद्युतीय गाडी आयात थालेका छन् । तर, सरकारले कर बढाएसँगै १०० किलोवाट माथिका गाडीको चर्चा सेलाएको थियो ।

चर्चा सेलाएको बजारमा प्रिमियम गाडी खोज्ने ग्राहकलाई लक्षित गर्दै बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकले अटो थ्री अगस्टको पहिलो साता बजारमा ल्याउने तयारी गरेको छ । चिनियाँ उत्पादकले ल्याएको एटो थ्री अष्ट्रेलिया, सिंगापुरपछि नेपालमा सार्वजनिक हुन लागेको हो । अन्तर्राष्ट्रिय बजारको रिभ्यूको आधारमा एटो थ्री निकै उत्कृष्ट एसयूभी रहेको मान्न सकिन्छ ।

केही दिन भित्रै नेपाल आउने भएसँगै यसमा रहेका फिचरको विषयमा थप चासो हुनु स्वभाविक हो । अष्ट्रेलिया र सिंगापुरमा विक्री भएकै गाडी नेपाल पनि आउने भएको कारण यसमा रहेका विशेषता र फिचरको विषयमा हामीले यहाँ जानकारी दिएका छौं ।

फिचर लोडेड

बीवाइडी एटो थ्री फिचर लोडेड एसयूभी हो । यसको भित्र र बाहिर थुप्रै आधुनिक फिचर पाउन सकिन्छ । कम्पनीले यसमा १८ इन्चको अलोय ह्वील, लेदर फिनिसिङ सहितको ड्यूल टोन कलरमा सजिएको ड्यासबोर्ड, एक्टीभ सेफ्टी एसिस्टेन्स स्वीट, १२.८ इन्चको रोटेड इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फर्मेशन डिस्प्ले पाउन सकिन्छ ।

त्यसैगरी बीवाइडीले यसमा वायरलेस चार्जर, किलेस इन्ट्री र स्टार्ट, उत्कृष्ट म्यूजिक सिस्टमको लागि ८ वटा स्पीकर, पानारोमिक सनरुफ, इलेक्ट्रीक टेलगेट, रुफरेल, इलेक्ट्रीक विङ मिरर र मल्टी लिङ सस्पेन्सन पाउन सकिन्छ । यी फिचरले एटो थ्रीलाई आरामदायी र फिचर लोडेड बनाएको छ ।

डिजाइन र साइज

बीवाइडीको ‘ड्रागन फेस ३.०’ डिजाइन ल्याङ्वेजमा तयार भएको यो एसयूभी डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको हो । साइजको कुरा गर्दा बजारमा उपलब्ध कम्प्याक्ट एसयूभीहरूभन्दा ठूलो छ । एटो थ्रीको लम्बाइ ४४५५ एमएम, चौडाइ १८७५ एमएम र उचाइ १६१५ एमएम छ । यसमा कम्पनीले २७२० एमएमको ह्वीलबेस पाउन सकिन्छ ।

तुलनात्मक रूपमा एटो थ्रीको बुट स्पेश पनि ठूलो छ । यसमा ४३४ लिटरको बुट स्पेश पाउन सकिन्छ भने ५ जनाले आरामदायी यात्रा गर्न सक्नेछन् ।

पावर र रेन्ज

विद्युतीय गाडीमा सर्वाधिक चर्चा हुने विषय त्यसको मोटर पावर र एक पटकको फुल चार्जमा कति रेन्ज दिन्छ भन्ने हो । तत्काल नेपाल आउने एटो थ्रीमा ६०.४ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा ४२० किलोमिटर गुडाउन सक्ने कम्पनीको दाबी छ ।

बीवाइडीले दुई लेभलको रिजेनेरेशन ब्रेकिङ प्रदान गरेको गाडीमा पीकपावर १५० किलोवाट भएको विद्युतीय मोटर प्रयोग गरेको छ । यसको मतलव यो गाडीको अधिकतम पावर २०४ पीएस र टर्क ३१० एनएम रहेको छ । एटो थ्रीले ७.३ सेकेन्डमा शून्यदेखि १०० किलोमिटरको स्पीड भेट्टाउन सक्छ ।

चार्जर

विद्युतीय गाडीको लागि चार्जर कति महत्वपूर्ण हुन्छ भन्ने विषयमा भनिरहनु पर्दैन । यसमा स्टायडर्ड चार्जरको रूपमा ७ किलोवाटको एसी चार्जर आउँछ । त्यसैगरी, यसलाई ८० किलोवाटसम्मको डीसी फास्ट चार्जरले चार्ज गर्न पनि सकिन्छ ।

टेक्नोलोजी

बीवाइडीले सबैभन्दा धेरै टेक्नोलोजीको प्रयोग गरेको एटो थ्रीमा डीआइलिङ फिचर पाउन सकिन्छ । यसले स्मार्टफोन र इन्फोटेन्टमेन्ट सिस्टमलाई जोड्ने काम गर्छ । त्यस्तै डीआइपाइलट फिचर दिएको छ । यसले चालकलाई गाडी चलाउन सहता प्रदान गर्छ । जुन सुरक्षा फिचरसँग सम्बन्धित छ ।

बीवाइडीले यसमा ३६० डिग्रि क्यामेरा, गाडी र स्मार्टफोन बीच कनेक्ट र सूचना प्रदान गर्ने काम गर्छ । ओभर दी एयर अपडेट, एचभीएसी सिस्टम पाउन सकिन्छ ।


Back_to_top