यस्तो हुनेछ नयाँ बेनेली टीएनटी ६००-आई, यस्ता छन् विशेषता

बेनेलीको नयाँ मोटरसाइकल २०२० बेनेली टीएनटी ६००–आईको तस्विर सार्वजनिक भएको छ । बेनेलीको उक्त मोटरसाइकल चीनमा निर्माण भइरहेको छ । सार्वजनिक भएको तस्विरमा देखिए अनुसार यो मोटरसाइकल विगतमा देखाइएभन्दा केही भिन्न रहेको छ । 

एलइडी हेडल्याम्प सहितको यो मोटरसाइकल भर्टिकल डिजाइनमा आधारित रहेको छ । यो मोटरसाइकल बेनेली टीएनटी ८९९ र टीएनटी ११३० भन्दा केही फारक देखिएको छ । तर, टीएनटी ६००–आई उक्त दुई मोटरसाइकलबाट नै प्रभावित रहेको कम्पनीले जनाएको छ । 

नयाँ मोटरसाइकलको सिट विगतमा देखाइएजस्तो नभइ फरक डिजाइनमा तयार भइरहेको छ । बेनेली टीएनटी ६००–आई टीएनटी–३०० जस्तै देखिएको छ । 

बेनेली ६००–आईमा इनलाइन फोर सिलिन्डर इन्जिन रहने छ । यो इन्जिनले ८६.२ एचपी पावर र ५४.६ एनएम टर्क जेनेरेट गर्छ । 

नयाँ २०२० बेनेली ६००–आईमा समेत पुरानो जस्तै स्पोर्टी हुने अनुमान गरिएको छ ।


Back_to_top