काठमाडौं । भदौ १० देखि नाडा अटो शो २०१९ काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । नेपाली बजारमा सवारी बिक्री गर्दै आएका दुई तथा चारपांग्रे सवारी बिक्रेताहरु यति बेला नाडा अटो शोको तयारीमा जुटेका छन् । यस्तोमा हुन्डाईको मुख्य आर्कषण भेन्यू, कोना र सेन्ट्रोमा रहने अनुमान गरिएको छ ।
मेरोअटोले नेपाली बजारमा उपलब्ध सवारी ब्रान्ड जो अटो शोमा सहभागी हुँदैछन् तीनको तयारी र आकर्षणको बारेमा जानकारी दिदै आएको छ । यही क्रममा हामीले नाडा अटो शो २०१९ मा हुन्डाईको मुख्य आकर्षण के हुन्छ भन्ने प्रश्न नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टललाई गरेका छौं ।
यो वर्षको नाडा अटो शोमा कोरियाली कार उत्पादक कम्पनी हुन्डाईको मुख्य आकर्षणको रुपमा सव कम्प्याक्ट एसयूभी भेन्यू रहने लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर रुपेश शर्मा भट्टले जानकारी दिए ।
भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा हुन्डाई भेन्यू निक्कै चर्चित रहेको छ । उक्त भेन्यू नेपाली बजारमा नाडा अटो शोमा सार्वजनिक हुँदैछ ।
‘सार्वजनिकयता भारत तथा अन्य देशमा भेन्यू निक्कै चर्चित रहेको छ,’ भट्टले भने ।
ठनेपाली बजारमा पनि भेन्यू अटो शोमा मुख्य आकर्षणमा हुने र लोकप्रिय कम्प्याक्ट एसयूभी हुने विश्वास लिएको भट्ट बताउँछन् ।
त्यस्तै हुन्डाईको नयाँ इलेक्ट्रीक कार कोना इभीसमेत यो अटो शोको आकर्षणको रुपमा रहनेछ । इलेक्ट्रीक सवारी प्रति उपभोक्ताको चासो र प्रयोग बढेकाले सवारी बिक्रेता कम्पनीहरुले माउ कम्पनीले उत्पादन गरेका इलेक्ट्रीक कार बिक्री तथा प्रदर्शनीका लागि राख्दै आएका छन् ।
गत वर्षको अटो शोमा हुन्डाईले आयोनिक इभी राखेको थियो । यो वर्ष निकै चर्चित कोना इभी राख्दैछ । यसका साथै हुन्डाईको नयाँ सेन्ट्रो पनि यो अटो शोमा राखिने छ । हुन्डाईले नेपाली बजारमा गत फागुन २ गते सेन्ट्रो सार्वजनिक गरेको थियो ।
त्यस्तै हुन्डाईको क्रेटा, आइट्वान्टी, ग्रान्ड आइटेन, टुसान समेत प्रदर्शनीका लागि राखिनेछ । नाडा अटो शोमा बिक्रीलाई भन्दा ब्रान्ड तथा प्रोडक्टको प्रवद्र्धनलाई जोड दिने कम्पनीले जनाएको छ ।

