४० लाख सस्तोमा आयो ‘ई टेरन-९ कम्फर्ट’ इलेक्ट्रीक पिकअप

काठमाडौं । नेपाली बजारमा म्याक्ससको ‘ई टेरन-९’ इलेक्ट्रीक पिकअपको सस्तो भेरियन्ट बिक्री सुरू भएको छ । नेपालका लागि म्याक्ससको आधिकारिक बिक्रेता हिमालयन मोट्रक्सले ‘ई टेरन-९ ’ इलेक्ट्रीक पीकअपको कम्फर्ट भेरियन्ट सार्वजनिक गरेको हो ।

कम्पनीले ई टेरन ९ कम्फर्टको मूल्य ८८ लाख रुपैयाँ तोकेको छ । यो मूल्य पहिलो ५० जना ग्राहकले पाउने कम्पनीले जनएको छ । जुन यसअघि बिक्री हुँदै आएको प्रिमियम भेरियन्टभन्दा ४० लाख रुपैयाँ सस्तो हो । हाल ई टेरन ९ प्रिमियम भेरियन्टको मूल्य मूल्य १ करोड २८ लाख रुपैयाँ छ ।

कम्पनीले ई टेरेन ९ को केही फिचर हटाएर ल्याएसँगै मूल्य ह्वात्तै घटेको छ । ई टेरेन-९ कम्फर्ट भेरियन्टमा सनरुफ, मसाज सिट, एयर सस्पेन्सन, ३६० डिग्री क्यामेरा लगायत फिचर हटाइएको छ ।

म्याक्ससको इलेक्ट्रीक पीकअपमा सेग्मेन्टकै ठूलो १०२.२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । उक्त ब्याट्रीले एकपटकको फुल चार्जमा ५६० किलोमिटरसम्म रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ ।

फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध पीकअपमा अगाडि १२५ किलोवाट र रियरमा २०० किलोवाट गरी कुल ३२५ किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले ७०० न्युटन मिटर टर्क प्रदान गर्छ ।

शक्तिशाली मोटरका भएकाले यो गाडी केबल ५.८ सेकेण्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति भेटाउन सक्छ । यसको टप स्पीड क्षमता १९० किलोमिटर प्रतिघण्टा रहेको छ।

यसमा रहेको ब्याट्री प्याकलाई ११५ किलोवाटको डीसी चार्जरले ४२ मिनेटमा २० देखि ८० प्रतिशत  चार्ज गर्न सकिने छ । यसले ११५ किलोवाटसम्मका डीसी चार्जर सपोर्ट गर्छ ।यो पिकअपमा ‘भेहिलक टु लोड’ सुविधा उपलब्ध छ ।

म्याक्ससको ई टेरन-९ को लम्बाइ ५५०० एमएम, चौडाइ १९९७ एमएम, उचाइ १८६० एमएम छ । ३३०० एमएम लामो ह्वीलबेस रहेको पीकअपमा २५० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहेको छ ।

यसकोको पेलोड क्षमता १,०५० केजी छ भने यसको टोइङ क्षमता ३,५०० केजी रहेको छ। जुन सेग्मेन्टकै सबैभन्दा बढी रहेको कम्पनीको दाबी छ । यसको कार्गो बक्सको आकार १,५६१ एमएम × १,५०० एमएम× ५३५ एमएम रहेको छ।

पाँचजना यात्रुका लागि तयार गरिएको इ टेरन कम्पर्टको क्याबिन फराकिलो, आकर्षक र अत्याधुनिक रहेको छ। यसमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चको सेन्ट्रल टचस्क्रीन उपलब्ध छन्। जसमा एपल कारप्ले/एण्ड्राेइड अटो, अटोमेटिक एयर कन्डिसनिङ, ६ तरिकाले मिलाउन सकिने इलेक्ट्रिक ड्राइभर सिट, मल्टिफड्सन माइक्रोफाइबर लेदर स्टेयरिङ ह्वील, पछाडिका यात्रुका लागि छु‌ट्टै एसी आउटलेट, यूएसबी र टाइप सी चार्जिङ पोर्ट, चाबी ननिकाली गाडी खोल्न र स्टार्ट गर्न सकिने सुविधा, अटोमेटिक हेडलाइट र वाइपर, बाहिरी वन टच पावर विन्डो जस्ता फिचर छन् ।

ई टेरन ९ कम्पर्टमा सुरक्षाका लागि ३ भिजुअल रिभर्सिङक्यामेरा, रियर पार्किङ सेन्सर, फ्रन्ट पार्किङ सेन्सर, क्रुज कन्ट्रोल, अगाडि चालक र यात्रुका लागि एयरब्याग, ईएसपी, ईबीए, अल टेरन मोड, अटोहोल्ड जस्ता फिचर छन् ।म्याक्सस ई टेरन ९ कम्फर्टले युरो एनक्याप क्रयास टेक्टमा ५ स्टार रेटिङ पाएको छ ।

यसको एप्रोच एंगल २९ डिग्री र डिपार्चर एंगल २५ डिग्री रहेको छ। डबल विशबोन फ्रन्ट सस्पेन्सन र मल्टी लिङ्‌क इन्डिपेन्डेन्ट रियर सस्पेन्सनले गर्दा नेपालको फरक फरक सडक अवस्थामा पनि आरामदायी र स्थिर यात्रा प्रदान गर्न सहयोग गर्छ।

उच्च ग्राउण्ड क्लियरेन्स, लामो दूरी तय गर्न सक्ने अधिकतम रेन्ज, शक्तिशाली फोरह्वील ड्राइभ भएकले यो गाडी उच्च हिमाली तथा पहाडी कच्ची सकडमा समेत उपयुक्त हुनेछ ।


Back_to_top