पहिलेभन्दा ठूलो ब्याट्रीमा नयाँ कोना, बढ्ने भयो रेन्ज

काठमाडौं । हुन्डाईको पहिलो इलेक्ट्रीक क्रसओभर कोनामा ठूलो साइजको ब्याट्री रहने भएको छ । कम्पनीले आफ्नो सफल क्रसओभरको नयाँ जेनेरेशन मोडलमा पहिलेभन्दा ठूलो साइजको ब्याट्री दिने भएको हो ।

अहिले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध कोनामा ३९.२ र ६४ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । तर, नयाँ जेनेरेशन कोनामा ४८.४ र ६५.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री रहने छ । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ३९.२ किलोवाट आवर क्षमताको ब्याट्री भएको कोना मात्रै विक्री गर्दै आएको छ । अब ब्याट्री साइज अनुसार स्टायडर्ड भेरियन्टको रेन्ज पनि बढ्ने भएको छ । यसले सिंगल चार्जमा ३४२ किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

नयाँ कोनामा रहेको ठूलो ब्याट्रीलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल ४१ मिनेट लाग्ने छ । नयाँ कोनामा ‘भेहिकल टु लोड क्यापाविलिटी’ दिइएको छ । यसले अधिकतम १.६३ केभिए पावर बाहिर पठाउन सक्छ ।

नयाँ जेनेरेशन कोना पहिलेको तुलनमा निकै लामो छ । नयाँ कोनाको लम्बाई ४३५५ एमएम रहेको छ । त्यस्तै यसको चौडाई १८२५ एमएम र उचाई १५७५ एमएम रहेको छ । यसमा पहिलेको तुलनामा ह्वीलवेस पनि लामो छ । यसमा २६६० एमएमको ह्वीलवेस दिइएको छ ।

नयाँ कोनामा १२ इन्चको हेडअप डिस्प्ले, १२.३ इन्चको पानारोमिक डिस्प्ले, बोसको प्रिमियम साउन्ड सिस्टम जस्ता विशेष फिचर यसमा उपलब्ध हुनेछ । नयाँ कोना सन् २०२४ मा नेपाली बजारमा पनि उपलब्ध हुनेछ ।


Back_to_top