हाभलको ‘बी-०७’ प्लगइन हाइब्रिड आउँदै

काठमाडौं । ग्रेटवाल मोटरले उत्पादन गरेको हावल बी-०७ प्लगइन हाइब्रिड कार आगामी वर्ष सार्वजनिक हुने भएको छ । कम्पनीले यो गाडीको नाम परिवर्तन गर्दै ‘शोलोन्ङ म्याक्स’ राखेर सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले हाभल बी-०७ कारमा ८५ किलोवाटकाे माेटर र १.५ लिटर इन्जिन रहने छ । उक्त इन्जिनले ११३ किलोवाट (१५४ पीएस) पावर प्रदान गर्छ । यसमा ९.४१ किलोवाट आवर र १९.२७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याककाे अप्सन पाउन सकिन्छ ।

डब्लुएलटीसीका अनुसार यो गाडीले सिङ्गल चार्जमा ४४ किलोमिटर र ८६ किलोमिटर रेन्ज प्रदान गर्छ । हाइब्रिड मोडलले निकै राम्रो माइलेज प्रदान गर्छ । यसलाई ५.६ लिटर पेट्रोलले १०० किलोमिटर माइलेज दिन्छ । कम्पनीका अनुसार यसलाई १८० किलोमिटर प्रति घण्टाको टप स्पीडमा गुडाउन सकिन्छ ।

यो मिडसाइज एसयूभीको लम्बाई ४७५८ एमएम, चौडाई १८९५ एमएम र उचाई १७२५ एमएम रहेको छ । यसको ह्विलबेस भने २८०० एमएम रहने छ ।

हाभल बी-०७मा पानारोमिक सनरुफ, साइड राडार, रुफ स्पोईलर लगायत सुविधा पाउन सकिन्छ । यो गाडीमा ब्रान्डिङ भने तल्लो भागको बायाँ पट्टि गरिएको छ । यसमा डीएचटिको लोगो डिस्प्ले गरिएको छ ।


Back_to_top