पियाजियो इन्डियाले अप्रिलिया स्ट्रोम–१२५ स्कुटर अप्रिल महिनाको अन्त्यमा सार्वजनिक गर्ने भएको छ । यो स्कुटर कम्पनीले दिल्ली अटो एक्सपो २०१८ मा प्रदर्शन गरेको थियो । अप्रिलिया एसआर–१२५ मा आधारित रहेर निर्माण भएको यो स्कुटर अझै स्पोर्टी अवतारमा आउने कम्पनीले जनाएको छ ।
नयाँ स्कुटरमा अनरोड र अफरोड दुवै बाटोको लागि उपयुक्त हुने १२ इन्च अलोय ह्वील दिएको छ । स्कुटरको फ्रन्टमा वीन्ड स्कृनको अप्सनसमेत रहने छ । अप्रिलिया स्ट्रोम–१२५ मा १२४.४९ सीसीको सीभीटी इन्जिन दिइने छ । यो इन्जिनले ७२५० आरपीएममा ९.५१ बीएचपी र ६२५० आरपीएममा ९.८ एनएम टर्क जेनेरेट गर्छ । स्कुटरको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा सिंगल राइड स्प्रिङ लगाइएको छ ।
सिबिएससहितकोे फ्रन्टमा डिस्क तथा रियरमा ड्रम ब्रेक जडान गरिएको यो स्कुटरको मूल्य ६५ हजार भारु पर्ने अनुमान गरिएको छ । नेपाली बजारमा समेत अप्रिलियाका वाइक तथा स्कुटरहरु बिक्री वितरण भइरहेका छन् ।
संभवत नेपाली बजारमा यो स्कुटर पनि आउने छ । नाडा अटो शो २०१९ को अवशर पारेर यो स्कुटरलाई नेपाली बजारमा बिक्री वितरण सुरु गर्ने अनुमान गरिएको छ ।


