काठमाडौं । एथर इलेक्ट्रीक स्कुटरको मूल्य ४० प्रतिशले घट्ने भएको छ । भारतीय इलेक्ट्रीक दुइपाँग्रे कम्पनी एथर इनर्जीले बास (ब्याट्री एज अ सर्भिस) ल्याउने घोषणा गरेसँगै स्कुटरको मूल्य घट्ने भएको हो ।
कम्पनीले अगष्ट २०२५ मा एथर कम्यूनिटी डे मनाउँने घोषणा गरेको केही दिन पछि नै ‘बास’ को घोषणा गरेको हो ।
कम्पनीका चिफ विजनेश अफिसर रनभित पोकेलाले एथरले बास योजना ल्याउने बताएका हुन् । कम्पनीले बास अप्सन ल्याउनका लागि आन्तरिक तयारी सुरू भइसकेको बताए । उनले बास अप्सनसँगै ब्याट्री वनरशिप अप्सन पनि दिने जनाएका छन् ।
एथरले भनेको बास अप्सन ग्राहकले ब्याट्री भाडामा पाउँछन् भन्ने हो । यो मोडलमा एमजीले विन्डसर भारतमा बिक्री गरिरहेको छ । नेपालमा गोगोरोले पनि यही अप्सन दिएको हो ।
ब्याट्री भाडामा लिएर चलाउने भएपछि ब्याट्री बाहेकको मूल्य तिर्दा पुग्छ । त्यसैले यसको मूल्य ४० प्रतिशतसम्म घट्ने भएको हो । यस स्कीममा एथरका स्कुटर किन्दा उपभोक्ताले मासिक प्याकेजमा ब्याट्री प्रयोगको रकम तिर्नु पर्छ ।
इलेक्ट्रीक सवारी साधनमा पुरा मूल्यको लगभग आधा मूल्य ब्याट्रीको पर्ने हुन्छ । भारतमा अहिले होन्डा र हिरोले ‘बास’ मोडलमा स्कुटर उपलब्ध गराउँदै आएको छ ।
एथर इनर्जीले कम्युनिटी डेमा कम मूल्यको नयाँ प्लेटफर्ममा स्कुटर ल्याउने घोषणा गरेको छ । कम्पनीले इएल प्लेटपर्फमा रिज्टाभन्दा कम मूल्यमा स्कुटर सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
नेपालमा पनि एथर ब्राण्डको इलेक्ट्रीक स्कुटर सबैभन्दा धेरै बिक्री हुनेमा पर्छ । तर, नेपाली बजारमा बास स्कीम आउँछ वा आउँदैन अहिल्यै एकिन साथ भन्न चाँडो हुन्छ । एथरका उत्पादन बैद्यज् इनर्जीले बिक्री गर्दै आएको छ ।


