काठमाडौं । पेट्रोल र ईभीको मिश्रण रहेको प्लगइन हाइब्रिड कार निकै जटिल रहेको विभिन्न रिपोर्टले देखाएका छन् । ब्याट्री इलेक्ट्रीक र पेट्रोलियम पदार्थबाट चल्ने दुबै कुरा एउटै कारमा भएको कारण यसलाई निकै जटिल टेक्नोलोजी मानिएको हो ।
पेट्रोलियम पदार्थबाट चल्ने गाडी छाडेर इलेक्ट्रीकमा उक्लन आनाकानी गर्ने धेरैको रोजाईमा हाइब्रिड कार पर्दै आएको छ । मेकानिकल जटिलताको कारण यसमा समस्या पनि धेरै आउने जेडी पावरले प्रकाशित गरेको रिपोर्टमा उल्लेख छ ।
प्लगइन हाइब्रिड गाडी धेरैजसो प्रयोगकर्ताले छोटो दुरीमा इलेक्ट्रीक र लामो दुरीमा ईभी मोडमा चलाउने गरेको पाइन्छ । रिसर्च एजेन्सी जेडी पावरका अनुसार अहिले प्लगइन हाइब्रिड कारमा धेरै समस्याहरु आइरहेको छन् । अझै सडकमा यसको थपिदो संख्यासँगै समस्या बढ्नेछ ।
जेडी पावरको पछिल्लो रिसर्च अनुसार प्लगइन हाइब्रिड कारमा ब्याट्री इलेक्ट्रीक भेहिकल भन्दा धेरै समस्या देखिएका हुन् । जेडी पावरका अनुसार ९० दिनमा बिक्री भएका १०० प्लगइन हाइब्रिड इलेक्ट्रीकले २३७ पीपी १०० स्कोर पाएको थियो । ब्याट्री इलेक्ट्रीक भेहिकलले २१२ पीपी १०० स्कोर मात्र पाएको थियो । अचम्मको कुरा के छ भने ग्यासोलिन कारमा आउने समस्या पीएचईभी र बीईभी भन्दा कम देखिएको छ ।
रिपोर्टले कार ब्राण्डहरु लेक्सस, हुन्डाई र कियामा भने धेरै समस्या नरहेको देखाएको छ । जेडी पावरले अमेरिकी बजारमा यसको रिसर्च गरेको जनाएको छ ।