कियाले भारतमा बनाउने पहिलो ईभी ‘क्लाभिस’, यस्तो हुनेछ रेन्ज

काठमाडौं । दक्षिण कोरियाली ब्राण्ड कियाले भारतमा बनाउने पहिलो ईभी क्लाभिस हुने भएको छ । यसअघि कारेन्स नामबाट बिक्री हुँदै आएको मोडल फेसलिफ्ट भएसँगै नाम पनि परिवर्तन भएर क्लाभिस भएको हो ।

कियाले क्लाभिस ईभीलाई रेगुलर पेट्रोल मोडल जस्तै ७ सिट क्षमतामा ल्याउने भएको हो । यदि, क्लाभिस भारतमा बिक्री सुरु हुने वित्तिकै नेपाल आउने हो भने यसले बीवाइडी एम-सिक्स मोडललाई टक्कर दिने देखिन्छ ।

कियाले क्लाभिस ईभीमा रहने मोटर, पावर र रेन्ज लगायत विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । तर, ब्याट्री साइजको विषयमा भने जानकारी बाहिर ल्याएको छ । कम्पनीका अनुसार यसमा ४२ र ५१ किलोवाट आवरको दुई ब्याट्री अप्सन रहनेछ । जुन हुन्डाई क्रेटा इलेक्ट्रीकबाट लिइएको हो ।

यसको रेन्ज ३०० किलोमिटर आसपास रहने छ । कम्पनीले यसमा एडास सहितको सुरक्षा फिचर उपलब्ध गराउने छ । ३६० डिग्री क्यामेरा, भ्यान्टिलेटेड सिट, पार्किङ सेन्सर जस्ता फिचर यसमा रहने छन् ।

बक्सी बडी डिजाइनमा आउने क्लाभिसमा भर्टिकल एलइडी हेडल्याम्प, एलइडी डिआरएल, फ्लस टाइप डोर ह्याण्डल, फङ्गशनल रुफरेल दिएर आउने छ ।


Back_to_top