शुक्रबारसम्म दुई नयाँ ईभी बिक्री सुरू हुँदै, मूल्य भन्ने निकै फरक हुने

काठमाडौं । यस साता नेपाली बजारमा दुई इलेक्ट्रीक कार बिक्री सुरू हुने भएको छ । एमजी र बीवाइडीले जुलाई महिनाको सुरूवात मै नयाँ कार बिक्री सुरू गर्न लागेका हुन् ।

एमजीले ४० लाख भित्रै रहने गरी विन्डसर ईभीको आजदेखि बिक्री सुरू गर्दैछ । एमजी मोटर्स इन्डियाले उत्पादन गरेको विन्डसर भारतमा निकै सफल मोडल हो । भारतमा धेरै ठूलो संख्यामा बिक्रीपछि नेपालमा बिक्री सुरू हुन लागेको हो ।

पारामाउन्ट मोटर्सले गत जेठको पहिलो साता नेपाल ल्याएको विन्डसर प्रिमियम ह्याचब्याक सेग्मेन्टमा उपलब्ध मोडल हो । आजदेखि बिक्री सुरू हुन लागेको विन्डसरले बजारमा रहेका डोङफेङ नामी ह्याचब्याक र बीवाइडी डल्फिनसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

साइमेक्स इंकले भने बीवाइडी सिलायन-सेभनको बिक्री सुरू गर्न लागेको हो । कम्पनीले अघिल्लो वर्षको नाडा अटो शोमै नेपाल ल्याएको सिलायन-सेभेनको आधिकारिक बिक्री आगामी शुक्रबारबाट थाल्दैछ । कम्पनीले यसको मूल्य ७५ लाख हाराहारी राख्ने अनुमान गरिएको छ ।

मूल्यका हिसाबले यी दुवै इलेक्ट्रीक मोडलमा ठूलै फरक रहने छ । उपभोक्ताले आउँदै गरेका दुई ईभीमा कुन रोज्छन्, अहिल्यै भन्न सकिने अवस्था छैन ।

ब्याट्री साइजमा पनि ठूलै फरक

नेपालमा बिक्री सुरू हुन लागेका दुई मोडलमा मूल्यसँगै ब्याट्री साइजमा पनि ठूलै अन्तर रहने छ ।

एमजी विन्डसरमा ३८ किलोवाट आवरको ब्याट्री रहने छ । जबकी, बीवाइडी सिलायन-सेभेनमा ७२ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।

एउटै मोटर

गाडीको साइज, कर्भ वेट र ब्याट्री साइजमा ठूलो अन्तर भए पनि मोटरको पीकपावर भने समान हुनेछ । यी दुवै मोडलमा १०० किलोवाटको इलेक्ट्रीक मोटर रहने कम्पनीको भनाइ छ ।


Back_to_top