काठमाडौं । एथरका इलेक्ट्रीक स्कुटरमा ८ वर्ष वारेन्टी पाइने भएको छ । एथरले गत शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै उक्त घोषणा गरेको हो ।
कम्पनीले २०२५ मोडलका एथर ४५० सिरिज सार्वजनिक कार्यक्रममा एथरका सबै स्कुटरमा ८ वर्षको वारेन्टी घोषणा गरेको हो ।
बैद्यज् इनर्जीले आफ्ना ग्राहकलाई ८ वर्ष वा ८० हजार किलोमिटरसम्म ब्याट्रीमा ७० प्रतिशत हेल्थको वारेन्टी प्रदान गर्ने भएको हो । यसका लागि उपभोक्ताले वारेन्टी कभरेज प्याकेज लिनु पर्ने हुन्छ ।
कम्पनीले नेपालमा बिक्री गर्दै आएको दुई ब्याट्री प्याकमा फरक फरक दुई प्याकेज ल्याएको हो ।
ग्राहकले स्कुटर खरिद गर्दा नै ब्याट्री वारेन्टी प्याकेजसमेत खरिद गर्नु पर्ने हुन्छ । यसमा ग्राकहले २.९ किलोवाट आवर ब्याट्री भेरियन्टमा ९ हजार ९९९ र ३.७ किलोवाट आवर ब्याट्री भेरियन्टमा १२ हजार ४९९ रुपैयाँ थप बुझाउनु पर्नेछ ।
त्यस्तै एथरले सर्भिसमा पनि वार्षिक २ हजार रुपैयाँदेखिको एथर केयर प्लान सार्वजनिक गरेको छ ।
एथरका नयाँ स्कुटरको मूल्यमा ४० हजार रुपैयाँसम्मले मूल्य घटौर ३ लाख ९९ हजार ९९९ रुपैयाँमा एथर ४५० सिरिजको टप भेरियन्ट खरिद गर्न सकिन्छ ।


