काठमाडौं । अप्रिलियाको स्ट्रोम-१२५ स्कुटर माकिस ७ हजार १२७ रुपैयाँ मासिक किस्ता तिर्नेगरी खरिद गर्न सकिन्छ । कम्पनीले आफ्नो स्पोर्टी स्कुटरमा ४.९९ प्रतिशत ब्याजदर अफर गरेको कारण कम मासिक किस्तामा खरिद गर्न पाइने भएको हो ।
भेष्पा र अप्रिलियाको आधिकारिक बिक्रेता डेल्टा अटोकर्पले नयाँ वर्ष २०८२ को अवसरमा स्कीम सार्वजनिक गर्दै ग्राहकलाई अफर गरेको हो । कम्पनीले ल्याएको स्कीममा नगद छुटदेखि एक्सचेन्जमा वोनससम्म उपलब्ध गराउने जनाएको छ ।
कम्पनीले ‘खुसीयाली साटा-साट’ नाम दिएको नयाँ वर्ष स्कीममा भेष्पा अप्रिलियाको स्कुटर खरिद गर्दा ग्राहकले नगद १० हजार छुट पाउने छन् ।
फाइनान्समा स्कुटर किन्दा कुनै पनि अन्य शुल्क नलाग्ने तथा झन्झट रहित तरिकाले फाइनान्स सुविधा उपलब्ध गराउने कम्पनीको भनाई छ । यसमा ग्राहकले २४ महिनाको कर्जा सुविधा पाउने छन् ।
उक्त स्कीम अन्तर्गत अप्रिलियाको स्पोर्टी स्कुटर स्ट्रोम-१२५ दुई तरिकाले किन्न सकिन्छ । कम्पनीले ४० प्रतिशत डाउने पेमेन्ट गर्ने ग्राहकलाई ५.९९ प्रतिशत र ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई ४.९९ प्रतिशत ब्याजदर अफर गरेको छ । ब्याजदर फरक भएपनि कर्जा अवधि २४ महिनाको हुनेछ ।
अप्रिलिया स्ट्रोम-१२५ बीएस ६ इन्जिन भएको स्कुटरको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । ४० प्रतिशत डाउन पमेन्ट गर्ने ग्राहकले कति डाउन पमेन्ट गर्नु पर्छ भन्ने थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
त्यस्तै ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले भने यहाँ क्लिक गरेर स्कुटरको मासिक किस्ता तथा अन्य जानकारी लिन सक्नेछन् ।
यस्तो छ स्कुटर
अप्रिलिया स्ट्रोम-१२५ मा १२४.४९ सीसीको सिंगल सिलिन्डर थ्री भल्भ एयरकुल्ड बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले ७ हजार ७०० आरपीएममा ९.९२ पीएस पावर र ६ हजार २५० आरपीएममा ९.८ एनएम टर्क उत्पादन गर्छ ।
स्ट्रोम स्कुटरमा अनरोड र अफरोड दुवै बाटाका लागि उपयुक्त हुने १२ इन्च स्पोटस् अलोय ह्वील दिइएको छ ।


