एटो ३ को बिक्रीमा उच्च वृद्धि, १० महिनामै बिक्यो २ लाख २९ हजार यूनिट

काठमाडौं । चाइनाको न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीको पछिल्लो उत्पादन एटो ३ ले विश्वभरी राम्रो चर्चा पाइरहेको छ । चाइनामा युआन प्लसको नामले चिनिने क्रसओभर एसयूभी एटो ३ गत वर्षको फेब्रुअरीमा लन्च भएको थियो ।

मार्चबाट बिक्री सुरू भएको एटो ३ सन् २०२२ मा २ लाख २९ हजार २० वटा बिक्री भएको छ । लन्च भएको पहिलो महिनामा १० हजार हाराहारीमा बिक्री भएको एटो ३ डिसेम्बर महिना आइपुग्दा २९ हजार ४६८ यूनिट बिक्री भएको छ । चाइना बाहिरको बजारमा समेत एटो ३ डिसेम्बरमा ८ हजार ६०६ यूनिट बिक्री भएको हो ।

एटो ३ बीवाईडीको नयाँ जेनेरेशन ‘इप्लेटफर्म ३.०’ मा बनेको एसयूभी हो । यो एसयूभीमा बीवाइडीको विश्व प्रसिद्ध ब्लेड ब्याट्रीको प्रयोग भएको छ । यो ब्याट्री सुरक्षीत तथा हाइडेन्सिटी ब्याट्री भएका कारण विश्वप्रसिद्ध अटोमोबाइल कम्पनीहरू टोयोटा, टेस्ला तथा सुजुकीले आफ्नो ईभीमा यो ब्याट्री प्रयोग गर्ने भएका छन् ।

यो ब्याट्रीले नेलपेनेटेसन टेस्ट, टेम्प्रेचर टेस्टका साथै ओभर चार्जिङ टेस्ट समेत सफलतापूर्वक झेलेको छ । स्ट्याण्डर्ड हिटपम्म प्रयोग भएको यो ब्याट्री प्याक टेक्नलोजीले माइनस ३० डिग्री सेन्टीग्रेडसम्म काम गर्छ ।एटो ३ मा प्रयोग भएको ब्याट्रीलाई ८०० भोल्टसम्मको फास्ट चार्जरले चार्ज गर्न सकिन्छ । उक्त चार्जरले ५ मिनेटममै १६० किलोमिटरसम्मको रेन्ज थप गर्न सकिने कम्पनीले दाबी गरेको छ ।

एटो ३ मा १५० किलोवाटको मोटर रहेको छ, जसले २०१ हर्सपावर तथा ३१० न्युटन मिटरको टर्क जनेरेट गर्छ । यो एसयूभीलाई जम्मा ७.३ सेकेन्डमै शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडाउन सकिन्छ ।

यसमा ६०.४ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री रहेको छ । यो ब्याट्रीलाई एक पटकको फुल चार्जमा एआरआइका अनुसार ५२१ किलोमिटर रेन्ज दिने जनाएको छ । तर नेपालको टरेनमा ४२० किलोमिटरको रेन्ज पाउन सकिने कम्पनीले दाबी गरेको छ ।

आकर्षक डिजाइन तथा डेडिकेटेड ईभी प्ल्याटफर्ममा बनेको एटो ३ ले अष्ट्रेलियन तथा यूरोपीयन एनक्याब क्रयास टेस्टमा फाइफस्टार रेटिङ पाउन सफल भइसकेको छ । एटो ३ ले उक्त परीक्षणमा एडल्ट अकुपेन्ट सुरक्षामा ९१ प्रतिशत तथा चाइल्ड अकुपेन्टमा ८९ प्रतिशत अंक पाएको छ । यसले पनि युरोपियन, अष्ट्रेलियन तथा एसियन जस्तो अन्तर्राष्ट्रिय बजारमा एटो ३ को मागमा वृद्धि भएको छ ।

बीवाइडीले एटो ३ लाई नयाँ ड्राइगनफेस ३.० डिजाइन ल्याङ्वेजमा विकास गरेकोले यसको एक्टेरियर स्लिक र क्याबिन स्पेसियस रहेको छ । स्पोट्स तथा म्युजिक थिममा बनेको एटो ३ मा १२.८ इन्चको विशाल इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । यो एसयूभीमा ५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, ७ वटा एयरब्याग तथा हवाईजहाजको ककपिटको जस्तो डिजाइनको ड्यासबोर्डले धेरैलाई आकर्षित गर्न सक्षम रहेको छ ।

 


Back_to_top