मारुतीकाे सब-फोर मिटर कम्प्याक्ट एसयूभी फ्रोनक्स लन्च

काठमाडौं । मारुती सुजुकी इन्डिया लिमिटेड (एमएसआइएल)ले सब–फोर मिटर कम्प्याक्ट एसयूभी मारुती फ्रोनक्स अनावरण गरेको छ । कम्पनीले हाल भारतको ग्रेटर नोयडामा भइरहेको ‘अटो एक्स्पो २०२३’मा उक्त एसयूभीको अनावरण गर्दै बुकिङ खुला गरेको हो ।

कम्पनीले नेक्साको पहिलो एसयूभी मारुती फ्रोनक्स देखाएको हो। फ्रोनक्स मल्टिपल एड्भान्स्ड पावरट्रेन अप्सनका साथ उपलब्ध हुने जनाइएको छ । यसमा १.२ लिटर डुअल जेट, डुअल भीभीटी मोटर र १.० लिटर टर्बो बुस्टरजेट गरी दुई पावरट्रेन अप्सन रहेका छन् । यसले अधिकतम पावर ९० पीएस र ११३ एनएमको टर्क जेनेरेट गर्दछ।

यसमा ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटी गियरबक्स जडान गरिएको छ । टर्बो युनिटले १०० पीएस पावर र १४८ एनएम टर्क उत्पादन गर्दछ । साथै, यसमा ५ एमटी र ६ एटीको ट्रान्समिसन विकल्प समेत दिइएको छ ।

फ्रोनक्स कम्प्याक्ट एसयूभी हाइटेक्नोलोजी र उच्च स्तरीय सुरक्षाका फिचर्सले सुसज्जित रहेको पाइन्छ। जसले ड्राइभिङ अनुभवलाई अझ उत्साहित र सुरक्षित बनाउँदछ । यसमा रहेको टर्न–बाइ–टर्न नेभिगेसन, ३६० डिग्री भ्यु क्यामेरा र हेड–अप डिस्प्लेले गाडी ड्राइभ गरेका बेला महत्त्वपूर्ण जानकारी प्रदान गर्दछ ।

यो कारमा वायरलेस चार्जर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी सहितको ९ इन्चको फराकिलो एचडी स्मार्ट प्ले प्रो प्लस इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ ।

यसमा आइसोफिक्स चाइल्ड सिट एन्करेजको प्रयोगले चाइल्ड सेफ्टीलाई पनि सुनिश्चित गरेको छ। त्यस्तै, यो कारमा ६ वटा एयरब्याग, ३–पोइन्ट इएलआर सिटबेल्ट, रियर भ्यू क्यामेरा,एन्टी थेफ्ट सेक्युरिटी सिस्टम हिल होल्ड असिस्ट र रोल ओभर मिटिगेसन सहितको ईएसपी, ईबीडी र ब्रेक असिस्ट सहितको एबीएस लगायत अन्य सुरक्षाका फिचर्स उपलब्ध हुनेछन् ।

सुजुकी कनेक्ट प्लेटफर्ममार्फत उपलब्ध सेफ्टी र सेफ्टी फिचर्सहरुमा इमर्जेन्सी अलर्ट, ब्रेकडाउन नोटिफिकेसन, चोरी भएको सवारीको नोटिफिकेसन र ट्र्याकिङ, इम्मोबिलाइजर, जियोफेन्स, सेफ टाइम अलर्ट र रिमोट अपरेशनहरू समावेश छन्।

फ्रोनक्स कम्प्याक्ट एसयूभी विभिन्न ६ वटा सिंगल टोन कलर अप्सनमा पाउन सकिन्छ । कम्पनीले हाल यसको बुकिङ नेक्सा डिलर र अनलाइनमा खुला गरिसकेको छ भने अबको केही महिनामै सार्वजनिक हुने जनाएको छ ।

यो गाडी भारतमा लन्च भएपछि यसले टाटा पन्च, रेनो काइगर, निसान म्याग्नाइट, हुन्डाई भेन्यू, किया सोनेट लगायतसँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top