इतिहासकै सबैभन्दा ठूलो लन्च गर्दै अउडी

काठमाडौं । फक्सवागेन ग्रुप अन्तर्गतको जर्मनी लग्जरी ब्राण्ड अउडीले आफ्नो सबैभन्दा ठूलो  लन्च गर्ने तयारी गरिरहेको छ।
अउडीले सन् २०२६ सम्म २० नयाँ कार लन्च गर्ने घोषणा गरेको छ। यसमा आफ्फ्नो रेगुलर इन्जिनबाट सञ्चालित हुने मोडलका साथै इलेक्ट्रीक कार पनि रहेको छ।

अउडीका  डिजाइन प्रमुख मार्क लिचटे बेलायतको अटोएक्सप्रेससँगको कुराकानीमा आफ्नो नयाँ  योजनाको खुलासा गरेका हुन्।
कम्पनी आइसीई मोडल र अन्य भेरियन्टमा काम गरिरहेको लिचटेले बताए। यो अउडीको  इतिहासको सबैभन्दा ठूलो लन्च हुनेछ।

आगामी साढे २ वर्षमा २० भन्दा धेरै कार बजारमा  पेश गरिने उनले जानकारी दिएका हुन् । यसका साथै कम्पपनी ईभीमा पनि काम गर्दैछ। आगामी साढे २ वर्षमा अउडीको इतिहासमा २० भन्दा धेरै कारका साथ सबैभन्दा ठूलो लाइन अप बजारमा आउने उनले बताए

कम्पनीले  अहिले ए ६ ई–ट्रोनमा केन्द्रीत छ। ए ६ ई– ट्रोन परीक्षणको क्रममा सडकमा देखिरहेको छ। अउडीले सन् २०२६ मा नयाँ इभी लन्च गर्ने घोषणा गरिसकेको छ ।

त्यस्तै, अउडीले सन् २०३३ बाट आइसी इन्जिनका कार समेत नबनाउने जनाएको छ ।  नेपालमा पनि केही संख्यामा अउडीका ईट्रोन मोडलको ईभी गुडिरहेका छन्र ।


Back_to_top