बजाज मोटरसाइकल किन्नु अघि २ लाख ५० हजारसम्म जित्न सकिने

काठमाडौं । बजाजले आम्मामा स्कीम ल्याएको छ । कम्पनीले ल्याएको फेस्टीभ स्कीम आम्मामा अन्तर्गत ग्राहकले बजाज मोटरसाइकल खरिदमा २५ गुणासम्म क्यासब्याक जित्न सक्नेछन् ।

कम्पनीले ल्याएको फेस्टीभ अफरमा ग्राहकले बजाजको कुनैपनि मोटरसाइकल किन्नु अघि नै डिजिटल टोकन मार्फत क्यास ब्याक जित्न सक्नेछन् । ग्राहकले पाउने डिजिटल टोकनमा जति रकम हुन्छ त्यसको २५ गुणा नगद छुट मोटरसाइकलमा पाउने छन् ।

यो आम्मामा स्कीममा ग्राहकले धेरैमा २ लाख ५० हजार रुपैयाँसम्म जित्न सक्नेछन् । यो स्कीम बजाजको देशभर रहेको सबै शोरुममा फेस्टीभ सिजनभर उपलब्ध हुने कम्पनीले जनाएको छ ।


Back_to_top